साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी

Nepal Telecom ad

कतै मलेसिया कतै कतारमा छ जिन्दगी
चढी लिलाममा यहाँ बजारमा छ जिन्दगी

न आँगनै भयो कुनै न बैठकै न बार्दली
बनेर द्वारपाल झैं सँघारमा छ जिन्दगी

विडम्बना स्वदेशका युवा जमात भन्दछन्
पराइको रियालमा दिनारमा छ जिन्दगी

यही विशेष सम्पदा टिकी रहेछ यो सदा
सधैं कराल कालको प्रहारमा छ जिन्दगी

मिठो छ भन्नु के गरी तथापि स्वाद युक्त छ
म लिन्छु स्वादआँपको अचारमा छ जिन्दगी

थकाइ मार्न भन्छु त्यो अटेर गर्छ हर्घडी
सदैव रेल चढ्नुको हतारमा छ जिन्दगी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x