साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– १८

Nepal Telecom ad

तीन नेता, तीन नीति
१.प्रचण्ड नीति
सरकार गिर्ला गिर्लाजस्तो छ । झर्ला झर्लाजस्तो छ । र्गियो भने समाउने होइन, त्यही मौकामा भकुर्ने हो । ताकि, उठ्नै नसकोस्, ढलेको ढल्यै होस् । गिरेन भने गिर्न दिन्न भन्दै कराउने हो तर सकेसम्म ठेल्ने हो । ठेलेरै गिराउने हो । यो सरकार जसरी पनि फाल्ने हो, आफू नेतृत्वको सरकार ल्याउने हो ।

२.ओली नीति
च्याप्प समाउने हो, छाड्दै नछाड्ने हो । जति हल्लाउँछन्, हल्लिने तर गिर्नचाहिँ कसै गरे नगिर्ने हो । जसले पछार्न खोज्छ, उसकै गर्दन समातेर उभिने हो । गर्दन समातेको बेला ‘मलाई नगिराउनूस्, एकछिनपछि तपाईंलाई नै पालो दिन्छु’ भनेर याचना गर्ने हो । त्यसपछि ‘म बलियोलाई कसले चलाउन सक्छ’ भन्ने हो । ‘मसँग खेल्ने कोही छ ?’ भन्दै फुर्ती लाउने हो । कोही पाखुरा सुर्कंदै सरकार गिराउन आयो भने ‘उहाँबाहेक कोही छ ?’ भन्दै चिच्याउने हो । चिच्याउने, कराउने र हल्लाचाहिँ गरिरहने हो । त्रासैत्रासमा रात पनि बिताउने हो, दिन पनि बिताउने हो तर सरकारमा चाहिँ बसिरहने हो ।

३.देउवा नीति
प्रचण्डले हात उठाउँदा ओलीको गर्दनतिर लगेको हो कि भनेर आश गर्ने हो । प्रचण्डले ओलीको गर्दनमा होइन, आफ्नै टाउकोमा हात लग्छन्, कपाल कन्याउँछन्, त्यसपछि निराश बन्ने हो । जोरीपारीले बेलाबखत पापा देखाउँछन्, खानचाहिँ दिँदैनन्, कहिले दिन्छन् भनेर ढुकेर बस्ने हो । कहिले ओलीतिर हेरेर मुख मिठ्याउने हो । कहिले प्रचण्डतिर हेरेर घुटुघुटु थुक निल्ने हो । आशैआशमा कुर्सीमा निदाउने हो । अलि ठूलो स्वरमा प्रचण्डले ओलीलाई हपारेको सुनेर ब्यूँझिने हो । प्रचण्डको बोली मत्थर भएपछि फेरि निदाउने हो । यसरी नै दिन बिताउने हो ।

पार्टी सेवक
पहिलेपहिले कर्मचारीलाई राष्ट्रसेवक भन्थे, अचेल पनि यदाकदा भनिन्छ । पहिलेका राष्ट्रसेवकलाई अचेल किन पार्टी सेवक भनेका होलान् ? यो प्रश्नको त कुनै जवाफ छैन । बरू, पुराना प्रश्नका ठाउँ नयाँ प्रश्नले लिएको छ । जस्तो स्
पुराना प्रश्न
– तपाईं कुन कार्यालयको कर्मचारी ?
– कुन विभागको कर्मचारी ?
– के काम गरेर पदोन्नति पाउनुभो ?
– के आधारमा कुनकुन ठाउँ सरुवा हुनुभो ?
नयाँ प्रश्न
– तपाईं कुन पार्टीको कर्मचारी ?
– पार्टीभित्रको कुन गुटको कर्मचारी ?
– पार्टीलाई के योगदान गरेर
– पदोन्नति पाउनुभो ?
– पार्टीले के आधारमा तपाईंलाई आकर्षक ठाउँमा सरुवा मिलाइदियो ?

भद्र सहमति–धोका
सहमति भयो । के भयो भन्दाखेरी भद्र सहमति भयो । दिने र लिने सहमति भयो । सहमतिले के र्गयो भने केही दिन चुप लगायो । त्यसपछि त्यही सहमतिले बोल्न लगायो, कुरा खोल्न लगायो । सहमति अनुसार एउटाले धोका दियो, अर्काेले धोका लियो । दिनेलाई चित्त बुझ्यो तर लिनेलाई बुझेन । धोका लेनदेनमा दुवै पक्षलाई कहाँ चित्त बुझ्छ ? एउटाको चित्त बुझ्छ, अर्काेको दुख्छ ।

सरकारको नेतृत्व गर्न दिएन रे ? भद्र सहमति गरेर कसैले त्यति मूल्यवान् चीज दिन्छ ? ज्यान गए दिँदैन । भद्र सहमति गरेर सिंहदरबारको कुर्सी त के कुनै गाविसको अध्यक्ष पनि पाइन्न । जसले भद्र सहमति पत्याउँछ, उसले सत्ताको पोका होइन, धोका मात्र पाउँछ । यो धोका भन्ने पनि गजब रै’छ, आज जसले धोका पाउँछ, उसले अर्काेलाई हस्तान्तरण गरिहाल्छ । आज जसले अरूलाई धोका दिन्छ, उसलाई भोलि कठालामा समातेर अर्काेले धोका जिम्मा लगाउँछ । भद्र तरिकाले धोका लेनदेन गर्ने कामलाई ‘राजनीति’ भनिन्थ्यो, अचेलचाहिँ ‘भद्र सहमति’ भनिँदो रहेछ ।

गफै त हो साहिँला !

धनी हुन मन लागेको छ ? छ भने यसका लागि महान् पुस्तक ‘वार्षिक बजेट’ पढौँ । रोग लाग्यो ? उपचार खर्च भएन ? यसका लागि पनि बजेट पढौँ । देश विकास भएर चरमचुलीमा पुगेको सपना देख्न मन लागेको हो भने पनि बजेट नै पढौँ । चमत्कारी छ यसपालाको बजेट ।

बजारमा थरीथरीका प्रेरणादायी पुस्तक पाइन्छन् । अर्थमन्त्री विष्णु पौडेलद्वारा लिखित तथा घुटुघुटु पानी खाँदै वाचित बजेट घर ल्याएर पढौँ । लोडसेडिङ भए टुकी बालेर पढौँ, टुकी बाल्न मट्टीतेल छैन भने मैनबत्ती बालेर पढौँ । किनभने, यो पढिन्जेल अर्कै दुनियाँमा पुगिन्छ । हुन त बजेट भनेकै प्रेर णादायी पुस्तक हो । अर्थमन्त्रीद्वारा लिखित यस्तो बजेट पुस्तक बर्से्नि प्रकाशित हुन्छ । यो पुस्तक अर्थमन्त्रीले वाचन गर्छन्, सञ्चार माध्यमबाट दुनियाँले सुन्छन्रहेर्छन् रपढ् छन् । सुन्न, हेर्न वा पढ्न पाउनुभएन या सबै कुरा याद भएन भने बजेट पढ्नूस्, मजासँग पढ्नूस् । पढ्दैमा तपाईंको केही बिग्रँदैन अनि बजेटमा गफ दिँदैमा अर्थमन्त्रीको पनि केही क्षति हुँदैन । गफै त हो, जति दिए पनि हुन्छ ।

अर्थमन्त्रीहरूले बजेटमा जहिल्यै गफ दिन्छन् । जति धेरै गफ लायो, त्यति धेरै सफल अर्थमन्त्री ! फेरि, गफ पूरा हुनुपर्छ भनेर कतै लेख्या पनि त छैन । गफले जनतालाई राहत हुन्छ भने कुनै हानि पनि छैन । आखिर, गफै त हो साहिँला !

नेपाल, जेष्ठ २७, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x