साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो हो लोकतन्त्र ?

Nepal Telecom ad

लोकको मान मर्यादा, गर्न जाँन्दैन जो यहाँ
‘लोकमान’ उपाधिमा, फुर्को झुण्ड्यो सधैं जहाँ ।
हुकुम् प्रमाङ्गीको कीरो, नयाँ राजाहरू मिली
परिवेश दिँदै पाले, नचाएर ‘थिरी ! थिरी !’ ।।

ब्रम्ह विवेकको पुञ्ज, कसरी हुन्छ पागल
समता न्यायको कुञ्ज, पारिँदै छ त घायल ।
मौन नबसिद्यौ, श्रष्टा ! द्रष्टाको अपमानमा
कस्तो विज्ञप्ति आएको ? केसीको अपमानमा ।।

द्यौकोटा हो त बौलाको ? गोर्खाका किस्न बा पनि ?
छोटा शासक मातेर, रीतै बौलाउँदै छ नि ।
प्रा.डा.का पगरीधारी, आँखा चिम्लन हुन्न है ?
विवेक बन्दकी राखी, भुँडी–पूजा नगर्नु है ।।

लोकतन्त्र यही हो त ? सत्ता झन् मात्न पाउने
निहत्था ज्ञानका मूर्ति, उल्केरै भाँच्न पाउने ?
गोर्खाका दम्पती थुन्दे, हिजो पागल हुन् भनी ।
धृतराष्टहरू माते, झन् नयाँ शक्ति हौँ भनी ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x