खगेन्द्र नेउपानेकेरारूपी राजनीति
जु्ध्ने यी आफूआफैले केको देश बनाउँथे
देशनिर्माण मुद्दामा के सम्मति जनाउँथे
दारु र भारुमा मात्र गढेको तिनको मति
बर्बादी देशको हेर दिनानुदिन अधो गति ।।
पापी यो राजनीति रैछ खाल पाखण्ड बस्तछन्
छाती पिटेजसो गर्दै मित्रमा अस्त्र धस्तछन्
केरा झैँ राजनीति लाग्छ नियतैबाट प्रस्ट छ
गुदी निल्दिन्छ छट्टुले बोक्रामा अरू लड्दछ ।।
Subscribe
Login
0 Comments
Oldest






































