साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुका खेती

Nepal Telecom ad

पुलिस पनि के तानिन्थ्यो त्यसरी
आर्मी पनि के तानिन्थ्यो त्यसरी
म यसरी तानिन्छु कि
जो सरकारमा आए पनि मै छानिन्छु
फट्याङ्ग्रो पनि के फट्किन्थ्यो त्यसरी
म यसरी फट्किन्छु कि
जो मन्त्री आए पनि
मन्त्रालयको टोकरीमामै अट्किन्छु
त्यसपछि मजाले चुस्छु देशलाई
बेलुन झंै फुलिन्छु
पाकेको आँप झैं फुत्त खस्छु

एउटा बङ्गला बनाएर आनन्दले बस्छु ।

हामी बङ्गलामा सर्दा हजारौं फुल पार्छौं
बच्चा बनाइ हुर्काउँछौं
र तिनीहरू रगत चुस्न झन फुर्काउँछौं
न पत्याए हेर्नुस् न
देश कसरी दुब्लाउँदै गाको छ
जुकाको संख्या स्याउँ स्याउँती हुँदै आको छ
हाम्रो जाति प्रजाति अब
केन्द्रदेखि जिल्ला जिल्लासम्म बडेको छ
हामीले चुसेर हेर्नुस् त
सरकारी भवन, पुल कसरी लडेको छ ।

हाम्रो रोकथाम गर्न खडा गरेको अख्तियारमा पनि
हाम्रा सन्तान दर सन्तान बसेका छन्
तपाईंले पनि देख्नु भएकै छ
उनीहरू अख्तियारको नाममा
कहाँ कहाँ कसरी पसेका छन्
हामी यसरी फट्किन्छौं कि
हामी जहाँ पनि अट्किन्छौं
हामीलाई मोटो भैंसी हुनुपर्छ भन्ने छैन
हामीलाई थारो भैंसी नै हुनुपर्छ भन्ने हैन
लुते भैंसीलाई पनि चुस्न जानेका छौं
खोरेत लागेकै किन नहोस्
हामीले घुस्न जानेका छौं ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x