साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्धित विष ?

Nepal Telecom ad

प्रणालीमै भित्रे, कमसल कला दुर्गुण सबै ।
तदर्थे बन्दैछन्, दल बल लुला पङ्गु छ अझै ।।
सधैं सत्ता चुम्ने, रहर—हरमा देखिन गयो ।
प्रणाली स्थाई नै, अब नबनिने मेसिन भयो ।।

गनाए धेरै नै असल अगुवा, लोभ रसले ।
हराए सिध्दान्तै, ‘शव’ सरह छन् मोह बसले ।।
घिनै लाग्दा ‘चर्या’, नटखट छ खोक्रा निरसिला ।
सबै सत्ता ताक्ने, जनहित लुटेका बिरसिला ।।

अगस्ती झै घिच्दै, जनहक थिचे स्वार्थ बसमा ।
‘प्रणाली—भत्काई, नियम—विधि नै गो सकसमा ।।
सधैं थाङ्ना—व्रित्ति, मुलुक तल भो संक्रमणले ।
व्यवस्थै पङ्गू भो, अधम अगुवाका भ्रमणले ।।

अहो ! पालो बाँध्ने नव प्रचलनै कोसित सिक्यौ ?
पुराना राजाका, अनुचर हुँदै दुर्गुण झिक्यौ ।।
घट्यो आस्था श्रध्दा, जनमन सबै संसदसित ।
तिनै चौबीसेका, हुबहु रुप हौ गन्धित विष ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x