साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीज्यू के टक्राऊँ ?

Nepal Telecom ad

(गाईजात्रा– २०७३)

नयाँ सरकार बनेपछि
नयाँ मन्त्रीहरू पनि भए
न पाउनेले केरा पाए बोक्रैसित खाए ।

एक जना मन्त्रीलाई
तरकारी पिएले भन्यो–
मन्त्रीज्यू
सुकुटी टक्राऊँ कि गोबी टक्राऊँ
व्हिस्की टक्राऊँ कि सोफी टक्राऊँ
भन्नुस् मन्त्रीज्यू के पक्राऊँ ?

गधा मलाई भ्रष्ट पार्ने भन्दै मन्त्रीले हकारे
तँलाई आजै निकाली दिन्छु मन्त्रीले डकारे
फेरि अर्को दिन सरकारी पिएले सोधे–
मन्त्रीज्यू
यो सरकार ढल्ने के बेर
बरु गरी हाल्ने कि यसो हेरफेर
चेकमा ल्याऊँ कि क्यासमा ल्याऊँ
पेट्रोलमा ल्याऊँ कि ग्यासमा ल्याऊँ
तरुनी टक्राऊँ कि बुढीकन्या टक्राऊँ
विवाहित टक्राऊँ कि सुकन्या टक्राऊँ
भन्नुस् मन्त्रीज्यू के पक्राऊँ ?

मन्त्रीले सरकारी पिएलाई यसरी हकारे–
जसरी तरकारी पिएलाई डकारे
केही महिना बितेपछि
एक दिन मन्त्रीले
तरकारी पिए सरकारी पिएलाई बोलाउँदै भने
अब सरकार ढल्ने गाइँगुइँ हल्ला छ
हाम्रो पार्टी सरकारमा नजाने सल्लाह छ
अब व्हीस्की पनि ल्याऊ सुकुटी पनि ल्याऊ
पेट्रोल पनि ल्याऊ ढुकुटी पनि ल्याऊ
कन्यकुमार मन्त्री परियो
तरुनी मात्र होइन बुढीकन्या भए नि चल्छ
थाह छैन यो सरकार कहिले ढल्छ
भ्रष्टाचारमा परे परिएला
दुई चार महिना त जेलको हावा खाने हो
कम्सेकम दामपैसोले घरको भकारी त भरिएला ।

दाङ, हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x