साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिलेकाहीँ त मन

Nepal Telecom ad

(गाईजात्रा– २०७३)

कहिलेकाहीँ यस्तो लाग्छ
ओठमाथि जुँगा बनाऊँ
फरिया चोलो थन्क्याएर
दौरा सुरूवाल टोपी लगाऊँ
घरमा बस्ने धतुरेको
जुँगाकटाई आईमाई बनाऊँ ।

बाइक चढी आइफोन बोकी
सधैँ म अफिस जाऊँ
अबेरसम्म मिटिङ बसी
नैनासँग नयन लडाऊँ
भोलेबम मस्त तानी
म्यारिजमा मन लगाऊँ
कहिलेकाहीँ यस्तो लाग्छ…….।

बगे्रल्ती फूल झारी
ओथारामा उसलाई बसाऊँ
नियोजनका बात उठे
जोरछाप लात बर्साऊ
भित्री लुगा नधोई आफै
उसैलाई धुन लगाऊँ
कहिलेकाहीँ यस्तो लाग्छ………।

आफन्त रिझाउन
सधैँ म उसलाई लगाऊँ
हाते रुमाल सम्झिएर
नाकदह बोक्न लगाऊँ
हान्ने सिङ्ग भाँचेर
हरेक रात स्याल बनाऊँ
तात्ने मन चिस्याउने
ओछ्यानको तन्दा बनाऊ
कहिलेकाहीँ यस्तो लाग्छ
ओठमाथि जुँगा बनाऊँ
फरिया चोलो थन्क्याएर
पेन्ट सर्ट टाई लगाऊँ
घर बस्ने धतुरेको
जुँगा कटाई आईमाई बनाऊँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासको सङ्ग्रहालयमा

लासको सङ्ग्रहालयमा

जयन्ता पोखरेल
भिनाजु

भिनाजु

जयन्ता पोखरेल
म हातहरू

म हातहरू

जयन्ता पोखरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x