साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देख्छौं सयौं फन्टुस ?

Nepal Telecom ad

(गाईजात्रा– २०७३)

सिन्डीकेट जताततै छ बलवान्, थोत्रा सधैं चालु भो ।
स्पर्धा गर्न दिइन्न नूतन यहाँ, झुत्रा सबै ठालु भो ।।
बेकम्मा अति भो प्रशासन सबै, उल्टो चल्यो शासन ।
भ्रष्टै भ्रष्ट र दुष्ट अक्षम उनै, खोज्छन् हरे आसन ।।१।।

फ्याँके राष्ट्रिय भेष टाइसुट नै, प्यारो बनाई हिँडे ।
खाँदैनन् भगवानको कसम ता, संस्कार सारा गिँडे ।।
कैले भैंसी पुजेर आस्तिक बनी, पाखण्डले रिङ्दछन् ।
कैले नास्तिक हौं भनी सपथमा, द्यौता पदै झिक्दछन् ।।२।।

गोतामे छ यता, तिवारी छ उता, जे जे प¥यो बन्दछन् ।
चोट्टा औसरवाद ढुल्मुल यिनै, जे जे प¥यो भन्दछन् ।।
झुन्डै मात्र विशाल ठान्दछ सधैं, हे कूपका मण्डुक !
के गर्लान् र विकास शासन नयाँ, देख्छौँ सयौँ फन्टुस ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x