साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्बन्धको उचाइ

Nepal Telecom ad

पुरानो सरकारले छिमेकीले जे जे भन्यो, त्यही त्यही नमानेर भताभुंग पारेको नेपाल–भारत सम्बन्धमा नयाँ सरकार बन्नासाथ फटाफट सुधार आएको छ । भारतको भ्रमण सकेर फर्किएका उपप्रधानमन्त्री विमलेन्द्र बाबुले हाम्रो सम्बन्ध सुध्रिएको मात्रै होइन, नयाँ उचाइमा पुगेको बताएका छन् । हाम्रो सम्बन्ध आजसम्म कहिल्यै नपुगेको उचाइमा पुगेछ, यसले नयाँ रेकर्ड बनाएछ । सुखद समाचार !

हाम्रो आत्मीय छिमेकीलाई रिसाउन र खुसी हुन धेरै केही चाहिँदा पनि चाहिँदैन । उसले भनेको अलिकति नटेरेजस्तो र्गयो, रिसाइहाल्छ । ल ल भैगो, जे जे भन्छौ, त्यही त्यही गरौँला भन्यो, खुसी भइहाल्छ । आत्मीयताभित्रको खटपट भनौँ न यसलाई ! हाम्रो सामान्य व्यवहार नै हो, घरको एउटा सदस्यसँग रिसाएको छिमेकीलाई अर्को सदस्य गएर फकाउने । निधिजीले त्यो भूमिका निर्वाह गर्नुभयो ।

अटेरी ओली सरकार ढल्नेबित्तिकै दिल्लीको अनुहार उज्यालो भइसकेको थियो । त्यहीँबाट दुई देशबीचको सम्बन्ध सुधार सुरु भइहाल्यो । उपप्रधानमन्त्री विमलेन्द्र बाबुले दिल्लीमा गएर ‘लौ हाम्रो संविधानमा यो यो संशोधन गर्न लाग्या छौँ, यसमा हजुरहरूको के विचार छ ?’ भनेर सोधेपछि त सम्बन्धमा सुधार मात्रै होइन, छलाङ नै आइहाल्यो ।

‘संविधानमा संशोधन गरेर सर्वस्वीकार्य बनाउने, चैतसम्ममा चुनाव सम्पन्न गर्ने, त्यसका लागि मधेसी र जनजातिका असन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको र सरकारका आगामी कार्यक्रमबारे पनि बेलाबेलामा महामहिमको जानकारी र आवश्यक सहयोगका लागि पेस गरिने नै छ’ भन्ने आशयको स्वयं प्रधानमन्त्री प्रचण्डज्यूको लिखित सन्देश सुनेपछि त मोदीजीको खुसीको सीमै रहेनछ । त्यसपछि त सम्बन्धको उचाइ एकएक कहाँ पुग्यो कहाँ ! मोदीजीले पनि खुसीले हौसिँदै नेपालको संविधान संशोधन तथा कार्यान्वयनमा डटेर सहयोग गर्ने घोषणा तत्काल गरिहालेछन् ।

सम्बन्धको यो सुधारलाई त्यसै छलाङ भनिएको होइन । सम्बन्ध सुधार मात्र गर्न गएका मन्त्रीले यति छिटो सुधार गरे कि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको मितिसमेत उतै तय गरेर कामै सकेर आए । यताको परराष्ट्र मन्त्रालय त र्हेयार्हेयै । यसरी तय भएको मितिका सम्बन्धमा दुई देशबीचको नाता नबुझ्ने केही अबुझहरूले प्रश्न उठाएको पनि सुनियो । तर, बुझ्नुपर्ने कुरा के हो भने हाम्रो सम्बन्ध भनेको यस्तो हो कि उहिले उहिले हाम्रो सरकारै उतै बन्थ्यो रे, संविधानै उतै बन्थ्यो रे ! अनि, जाबो भ्रमण तालिका उता बन्नु कुन आश्चर्यको कुरा भयो ? दिल्लीले आफ्नो पात्रो हेरेर मिति तय र्गयो, विमलेन्द्र बाबुले ओके गर्नुभयो । उताको पात्रो मिलेपछि यताको पात्रो नाथे त मिलिहाल्छ नि, ह्या… !

सम्बन्धको यो उचाइलाई कहिल्यै कसैले छुन नसक्ने गरी अझै उचाइ थप्न फास्ट ट्रयाकलगायत अरू पनि के के परियोजना उतै टक्र्याउने परिपञ्च जो हुँदै छ, त्यसलाई सफल बनाऔँ । सम्बन्ध सुधारका लागि हामीले त्यस्ता त्याग देखाउनैपर्छ । जसरी होस्, सम्बन्ध सुमधुर बनाऔँ । छिमेकीलाई अटेर गर्दा हामीले धेरै दुस्ख पायौँ । अब आफैँ जान्ने नहोऔँ । भनेको मानौँ । लगातार अकासिइरहेको यो सम्बन्धलाई अलिकति पनि झर्न नदिऔँ । अझै माथि लैजाऔँ र आफ्नै खप्परमा मुड्कीले हान्दै लडीबुडी गर्न थालौँ ।

नेपाल, भाद्र १७, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x