साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलेको जवानी

Nepal Telecom ad

त्यो कालो जवानी, यो सेतो जवानी
त्यो रातको जवानी, यो दिनको जवानी
त्यो सुत्ने अनि यो जगाउने जवानी
त्यो पालुवा यो फुलेको जवानी {{read_more}}

त्यो तनको जवानी, यो मनको जवानी,
त्यो बनको जवानी, यो घरको जवानी,
त्यो सिक्ने अनिय यो सिकाउने जवानी,
त्यो कोपिला यो फुलेको जवानी 

त्यो जाने जवानी, यो बस्ने जवानी
त्यो माग्ने जवानी, यो दानी जवानी
त्यो भोको अनि यो अघाउने जवानी
त्यो काँचो यो पाकेको जवानी

त्यो ठान्ने जवानी, यो जान्ने जवानी
त्यो छान्ने जवानी, यो धान्ने जवानी
त्यो जोशको  अनि यो होसको जवानी
त्यो फलेको यो स्वादको जवानी
    
त्यो हेर्ने जवानी, यो देखाउने जवानी
त्यो बुइँको जवानी, यो भुइँको जवानी
त्यो दुईको अनि यो सबैको जवानी
त्यो पुज्ने यो पुजिने जवानी ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x