रमेश समर्थननेता चुनेर के भो ?

नेतृत्व जो दिँदैन नेता चुनेर के भो ? 
लाखौंले शून्यलाई व्यर्थै गुनेर के भो ?
पालेर मृगतृष्णा दुःखी हुँदैछ मान्छे
पूरा हुँदैन जुन त्यो सपना बुनेर के भो ?{{read_more}}
साबुन जति घसे नि बन्दैन काग सेतो
भैंसीले बाँसुरीको धूनै सुनेर के भो ?
सम्मान मान पाउँछ सत्पात्रमा परेसि
बाँदरका निम्ति सुनकै माला उनेर के भो ?
हिम्मत नहार् ‘समर्थन’ यात्रा हो जिन्दगी यो
बाटा अनेक खुल्छन् यौटा थुनेर के भो ?
बुटवल
Subscribe
Login
0 Comments
Oldest







































