साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रयोदश कविको आरोहण महाकाव्य लोकार्पण

Nepal Telecom ad

महाकाव्य परम्परा हाम्रो पुरानो संस्कृति हो । हाम्रो भाषा वाङ्मयको इतिहासमा महाकाव्यको बेग्लै स्थान छ ।{{read_more}} यस्ता कृतिको लेखन, अध्ययन पनि एकप्रकारको  height=साधना नै हो । सहज र सरल प्राप्तिको मोहले यसप्रतिको आकर्षणमा कमी आएको भनिए तापनि यसका पाठक र अध्येताको यहाँ कमी छैन । उच्च शिक्षाका पाठ्यक्रममा यस्ता कृतिहरूको अध्ययन अध्यापनमा पनि कमी आएको छैन । गहन अध्ययन गर्ने पाठकलाई लक्ष्य गरेर महाकवि देवकोटाले आफ्नो युगमा भनेका थिए, शाकुन्तल महाकाव्यलाई औँलामा गनिने पाठकले बुझेर पढिदिए पर्याप्त हुन्छ । त्यो स्थिति अद्यावधिक उस्तै लागे तापनि नेपाली साहित्यमा काव्य महाकाव्यहरू दिनानुदिन लेखिएर बजारमा आएकै छन् । अर्को मननीय र गर्वको कुरा के पनि हो भने तत्कालीन भारतवर्षमा प्रसिद्धि पाएको यो प्राचीन, अर्वाचीन परम्परालाई दक्षिण पूर्वी एशियाका अन्य मुलुकका स्रष्टाले अद्यावधिक गर्न सकेनन् । हाम्रो नेपालमा छन्दमा काव्य लेख्ने परम्परा युगसापेक्ष अनुप्राणित गराएर स्रष्टाले वर्तमानसम्म कायम राखेकै छन् । 

यो सत्यलाई नेपाली साहित्यमा स्थापित तेह्रजना कविले पनि चिन्तन द्वितीय विश्व युद्धदेखि २०७२ सालको महाभूकम्पका विनाश र निर्माणसम्मका शताब्दी लामो एउटै कथामा केन्द्रित भएर भनूँ चिन्तन गरेर संयुक्त काव्य लेखेका छन् ।  सबै बविले साझा धारणा बनाएर कथावस्तुलाई भाग लगाईे यसको लेखन  भएको देखिन्छ । यसमा गोर्खाको उत्तरवर्ती मसेल बस्तीको कथा गाँसिएको छ । विगतको गौरवशाली इतिहास बोकेको गोर्खा जिल्लाले वीरताको सग्लो भार उठाएको छ । यहीँ रामशाह, द्रव्यशाहका राज्यव्यवस्थाका प्रख्यात इतिहास छन् । सिङ्गै नेपालको एकीकरण गर्ने साहसी राजा पृथ्वीनारायण यही माटोका उपज हुन् । गोरखकाली, गोरखनाथ र मनकामना यो जिल्लाका अति प्रसिद्ध तीर्थ पीठ मानिन्छन् । बाहुन, क्षेत्री, तामाङ, मगर, नेवार, गुरुङको मिश्रित बस्तीका सबै जातजातिमा मेलमिलाप र उचित आदर सम्मान यहाँको विशेषता नै हो र त्यस्ता विशेषतालाई काव्यले आफ्ना मूल तत्वहरूमा समेटेको छ । 
 
आरोहण महाकाव्यले  देश छाडी विदेश पलायन भएका युवालाई आफ्नै भूमिका फर्कने आहृवान, ख) प्राकृतिक विपद् या अन्य दुर्घटनाले असर गर्दा पुनर्निर्माणको सुरुवात आफैँले गर्नुपर्छ भन्ने सन्देश, ग) सामूहिक श्रमको महŒव, घ) आफ्नो गाउँ, माटो, जलवायु हेरी विकासका सम्भावनाको पहिचान, ड) आफ्नो गाउँको विकास गर्न युवाको मात्र भर पर्ने होइन, जुनसुकै उमेरका व्यक्तिले पनि हात बाँधेर बस्नुहुन्न भन्ने विचार, च) पूर्वका अनुभवबाट पाठ सिकेर हाम्रो स्वाभिमान हाम्रै देशको निमार्णका लागि हुनुपर्छ भन्ने धारणा,  छ) गलत कर्मको निन्दा र असल कर्मको प्रशंसा गरेको छ भने पूर्वदीप्ति शैलीमा कथानक बुनिएको छ । यस एउटै महाकाव्यमासहभागी कविहरूमा प्रा. गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरप्रसाद शर्मा भण्डारी, श्रीहरि फुयाल, प्रकाश चापागाईं, नारायणप्रसाद पोखरेल, प्रा. डा. जीवन अधिकारी, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासी रहेका छन् । यी कविहरूको आआफ्नै परिचय छँदैछ । 

यो महाकाव्य २० सर्गमा विस्तारित छ । संयोगवश यसमा २० वटै छन्दको प्रयोग हुन पुगेको छ । प्रयुक्त छन्दहरू ः शार्दूलविक्रीडित, शिखरिणी, मन्दाक्रान्ता, मालिनी, मदिरा, पृथ्वी, चित्रलेखा, चञ्चरी, वसन्ततिलका, वंशस्थ, भुजङ्गप्रयात, स्रग्विणी, दु्रतविलम्बित, उपजाति, शालिनी, पञ्चचामर, इन्दिरा, अनुष्टुप्, स्रग्धरा, स्वागता रहेका छन्  ।
शिखा बुक्सले प्रकाशित गरेको यस पुस्तकको लेआउट डिजाइन सन्तोषकुमार दाहाल र कभर पृष्ठको रेखाचित्र तीन वर्षकी बालिकाले बनाएकी छन् । यो पुस्तकको लोकार्पण मार्ग १५ गते राष्ट्रिय चाचघरको सभाहलमा भव्यताका साथ सम्पन्न भयो । 

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कवि एवम् प्राध्यापक डा.वासुदेव त्रिपाठीले कवि त्रयोदशलाई वैदिक प्रयोगशालाका सुकविका रुपमा सम्बोधन गर्दै अरु भाषामा जीवित हुन नसकेको शास्त्रीय छन्द नेपाली भाषामा रहेको र त्यसको कुशल संयोजन आरोहण महाकाव्यमा भएको बताउनुभयो । विकसित भाषा मानिएका हिन्दी बड्ला मराठी आदिमा सुरक्षित नरहेको यो परम्परामा नेपाली परम्परा संवृद्ध र आशायोग्य रहेको छ । यसमा प्रसस्तै शक्तिशाली काव्य झिल्काहरू छन् र अरु व्यक्तिले निकालेका महाकाव्यसँग तुल्य कृतिका रुपमा आएको छ । चार विधामध्ये उत्तम साहित्यिक तत्वको संयोजन महाकाव्यमा हुने र त्यो संयोजन यहाँ भएको मैले पाएको छु । त्यो महाकाव्यको विधागत गरिमा र चुली यस कृतिले पाएकै छ । अब मलाई भानुभक्त, लेखनाथ, देवकोटा र घिमिरेका उत्तराधिकार कविहरू छन् भन्ने आशा पलाएको छ । 

कृतिको समीक्षा गर्दे समालोचक प्रा.ठाकुर पराजुलीले महाकाव्य परम्परामा यो नयाँ तरड्ग बनेर आएको र यसले नेपाली कविता काव्य प्रवाहमा नयाँ चुनौती थपेको बताउनुभयो । देवकोटादेखि उचित सम्पादनका अभावमा दुर्घटित बन्दै आएको नेपाली महाकाव्य परम्परामा आरोहण सम्पादन र सिर्जन सामथ्र्य दुबै दृष्टिले उल्लेख्य रहेको बताउनु भयो । काव्य रचनाको रचागर्भ प्रस्तुत गर्दे तेह्र कविमध्ये एक भूवनहरि सिग्देलले  नेपाललाई विश्वमा चिनाउने गोर्खा भूगोलको मूल कथा र द्धितीय विश्वयुद्धदेखि २०७२ सालको भूकम्प र त्यसपछिको हालसम्मको निर्माणको घटना समेटिएको बताउनुभयो । त्यसै गरी तेह्र कविमध्येका अर्का कवि एवम् प्राध्यापक राजेन्द्र सुवेदीले नेपाली कविताको मूल्य र गरिमा स्थापनाका लागि संयुक्त महाकाव्य रचना भएको भन्दै काव्य रचनाको औचित्य प्रकाश पार्नुभयो । कार्यक्रममा रमेश शुभेच्छु, प्रकाश चापागाईं, रामप्रसाद ज्ञवाली र देवी नेपालले काव्यांश वाचन गर्नुभएको थियो । सभापतिको आसनबाट बोल्दै कवि प्रा. घनश्याम कााँडेलले नेपाली कविता परम्परामा महाकाव्यको युग सुरक्षित रहेको बताउनुभयो । 
  
–गीता सापकोटा 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x