सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अत्याधुनिक देश खन्ने–दान सङ्कल्प

Nepal Telecom ad

भताभुङ्गम् ! भताभुङ्गम् !! भताभुङ्गम् !! ! height=
लथालिङ्गम् ! लथालिङ्गम् !! लथालिङ्गम् !!!
छरपस्टम् ! छरपस्टम् !! छरपस्टम् !!!  {{rewd_more}}
अद्येह श्रीमद् हाउडी पुराणस्य

सिंहदरबार, मन्त्री क्वाटर आदिले नपुगेर असङ्ख्य नेता महानुभावका श्रीमती, जेठी सासू, साली आदिको जबरजस्ती बहाली कृतस्य पचास कोरी औंठाछाप सांसदस्यअनि त्यति नै अथवा त्योभन्दा धेर मन्त्रीका बथानका लागि तयारी कृतस्य असङ्ख्य घुमाउने कुर्सीमा फोका उठुन्जेल बसित्वा पाँच तारे होटेल, मोटेल तथा रिसोर्ट–मैनेजरस्य आज्ञाद्वारा सात समुद्रपारिबाट आयातस्य रेड लेबल, ब्ल्याक लेबल, ग्रिन लेबल आदि इत्यादिना सह देशस्य बजेटम्, गरीव, दुस्खी जनतायास् पसिनाम् रक्तं च छादुन्जेलरपादुन्जेल हसुरिणोस सत्ते, त्रेता, द्वापर कलि जुँगानांमध्ये नक्कली जुँगे, भर्खर सकिएका अनेक चुनावानां अन्तिम चरणे तस्य नाटकीकरण कार्येषु लगभग पञ्च कोरी अरब जति कटकटिया स्वाहा पारिणो,धूर्तावतारे, तिब्बतस्य दक्षिणे, भारतस्य उत्तरे, नेपाल एकीकरणस्य पूर्वे, यो नेपाल दुई ढुङ्गाको तरुल हो, बोटै चैं न इट है ।

तेस्किमा जन्तरे, मन्तरे, खन्तरे ! लखन्तरे हो ! भनेको कुरालाई वास्तै नगरी भइसक्न आँटेको युष्माकम् देशस्य पहिचान सहितस्य जातीय राज्यस्य चाप्लुसी जिल्ला, चुसाहा गाउँपालिकायास् बडा नं. चारसए बिस, तेरा कुरा इस नाम स्थाने, वाग्मती, विष्णुमती, टुकुचा इति अति पवित्र दक्षिण(आधुनिक नदी समीपेस भट्टी नाम पुण्यभूमौ, पैसाले टन्न माती विदेश घुमौस राजतन्त्र, प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्र, गणराजतन्त्र आदि अनेक तन्त्राणांमध्ये अर्थतन्त्रेषु मनपरि तन्त्रेस बौलाहावतारे, भर्खरका तरुनीहरू देख्नासाथ भुतुक्क मन कल्पेस उनै दुधमा पल्किएका अनगिन्ती संवत्सराणांमध्ये बाधा अड्काउ फुकाउ, देशको सम्पत्ति लुकाउ नाम संवत्सरेस नोट मासे, भोट पक्षे, होड वासरे,
सोझा जनता झुक्यायाम्, स्वार्थी नेतानेती मिली राजनीतिमा पोलिटिक्स घुसायाम् तिथौस तथा च भोट हारेका रन्काले रल्लु भई गल्लीमा लड्या बेला काली कुत्तिम्ले मुखमा मुतौ(मुहूर्त) अद्येह गुलाफ राशिस्थिते किशोरिणः मिथुन राशिस्थिते किशोराश्च, ढाल योगे, यदाकदा जबर्ज्स्ति करणे चस अस्माकम् देशस्य अङ्सबन्डायाम्
लौ खालो सार गोत्रस्य बाबु उत्तर आमा दक्षिणस्य, नेपाल भक्षणस्य, ताक्परे तिवारी नत्र गोतामे इति त्रि प्रवरस्य, उहिलेको चार जात र छत्तिस वर्णलाई अहिले चार सए जात र छत्तिस सए वर्णमा

रूपान्तरणकार्येषु कटिबद्धस्य नयाँ नेपालस्य मान्छे एक दल अनेकस्य धूर्तबहादुर शर्मा बिहारी नामस्य अहं, मम
इमाम् पूर्व–पश्चिम् लमतन्नाम्, पितापुर्खाले ठुलो दुख गरी निर्मिताम् कन्याम्स नागरिकता एताय, स्थायी बासिन्दा उताय,

ह्लासा एवम् काशी गोत्राय त्वंशरणं पाउपरणं नाम एक जोडी वराय, फोरेन–कन्ट्री घराय, दुबैले बाँडीचुँडी खानू
भन्ने बोल कबोल बन्दबस्तानुसारेण हाम्रा मनोमान राजीखुसी साथ औँठा छाप चिन्नम् धसित्वा सत्तामा बसित्वा भुसुक्क दानत्वेन युवाभ्याम् वयं सम्प्रदद्महे । तत् असत् न मम ।

झापा
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मुलाको मुरली : एकसरो हेराइ

मुलाको मुरली : एकसरो...

काेमलप्रसाद पोखरेल
‘अनपाम’ जोडी र उसको क्रान्तिकारी कदम

‘अनपाम’ जोडी र उसको...

काेमलप्रसाद पोखरेल
दुःख छ अर्थात् खाँचो छ

दुःख छ अर्थात् खाँचो...

काेमलप्रसाद पोखरेल
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
जनता र तेल, नेताको खेल

जनता र तेल, नेताको...

काेमलप्रसाद पोखरेल