सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठट्यौली :: महान्वाणीको सक्कली संस्करण

Nepal Telecom ad

घुस नदिन्या र घुस नखान्या देशका महान् सत्तुर हुन् ई दुईको त जीउ हरे पनि कोही केही बोलन्या छैनन् । {{read_more}}

नेपाल दुई दरवार बीचको खेलन्या खेल मैदान हो ।

म मरे काङ्ग्रेस डुबन्या छैन, तर सन्तान पदमा नरह्या काङ्ग्रेस डुबन्या छ ।

संसद भन्याको बुद्धिजीवीहरूको बुद्धि भुट्न्या अखडा हो ।

खाने भयाको ठाउँमा गाउँ भया गाउँ सिध्याए पनि खाने नचलाउनू ।

जाइ चटक नगर्नु खाइ चटक गर्नू ।

सक्छौ घुस खाऊ, सक्दैनौ चुस्त कमाऊ, सिंहदरवार बस, तर अख्तियार नपस ।

राजनीति गर्नेसँग अदम्य साहस छ, न त हात जोड्छन्, न त सत्ता छोड्छन्, मौका पाए साथ छोड्छन्, २÷४ वटा घर जोड्छन् ।

चोरलाई काखी च्याप्नु, सज्जनलाई लाठो ताक्नु । 

जननी र जन्मभूमी स्वार्थभन्दा पारि हुन्छन् । 

शिक्षाको उज्यालो घामको भिक्षा माग्न कोही पनि वञ्चित हुन नपरोस् ।

खान नपाए पनि राजनीति गर्न नछोड्नु किन कि राजनीति गर्ने भनेको खान नपाउनेले हो ।

–खस्याङ्खुसुङ खोलाको 
खबटानन्द खतिवडा
खुरखुरे खोल्सो, खोटाङ
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad