साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिद्धार्थ र सिद्धार्थहरू

Nepal Telecom ad

सुख सयलमा हुर्कि बढेर height=
ज्ञान आर्जन गर्न भनेर 
बैसालु जीवन सँगिनी र {{read_more}}
अबोध बालक छोरालाई 
घरमा अलपत्र छोडेर
गृहत्याग गर्ने सिद्धार्थ ।
तथा
दुख कष्टमा हुर्कि बढेर
धन आर्जन गर्न भनेर
बैंसालु जीवन सँगिनी
अबोध बालबालिकाहरू 
अलपत्र छाडेर
गाउँघर शून्य पारेर जाने
बेरोजगार युवा सिद्धार्थहरू 
के फरक छ ?
सिद्धार्थ र सिद्र्धाथहरूमा ?  

अविवेकीहरूले बेचि खाए
रोजगारी दिने कलकारखाना र व्यवशायका चुरोहरू,
रेमिन्टयान्सको र्याल चुहाउँदै ।
ठुप्रै युवा सिद्धार्थहरूलाई विदेशिन बाध्य पारे ।

त्याग र तपस्याबाट
ज्ञान आर्जन गर्ने सिद्धार्थ
बिश्व भरी गौतम बुद्ध भएर चम्किएका छन् ।
(बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि,
संघम् शरणम गच्छामि)
अहिलेका सिद्धार्थहरू
बुद्धु भएर बिदेशिन्छन् ।
काठको बाकसमा बन्द भएर फर्किन्छन् ।
(जातस्यहि धु्रबे मृत्यु अर्थात मृत्यु अवश्यम्भावी छ)

पातकीहरूको हुकुम चलुन्जेल
बेरोजगार उत्पादन गर्ने कारखानाहरू चलिरहने छ ।
ओरालो लाग्ने दुर्गति बलिरहनेछ ।
बुद्धुहरू जन्मिरहनेछन् ।
भरिया र करियाहरूको सूची बढिरहने छन् ।
आफूले आपैmलाई नचिनेर 
आफ्नै अस्तित्व गुमाउन थाल्नेछन्,
सिद्धार्थले सिद्धार्थ नभएसम्म
युगलाई नचिनेसम्म 
आफूले आफैलाई नचिनेसम्म ।

२०७५ बैसाख १७ सोमबार
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x