ठट्टा
मलेसिया थाइल्याण्ड भ्रमण एक्लै जान्छौ अरे
बुढेसकालमा तिम्लाई पनि बैंस चढ्या छ रे {{read_more}}
होस गर्नु है साथी फेरि पछुताउला भरे
कस्तो होला ? तिम्ले जस्तै म्याडमले नि गरे ।
रक्सी खान तल्तल् लागे चढ्छौ कन्याम अन्तू
तिम्रा लागि बङ्गुर पनि हुन्छ बन्य जन्तु
भेडेटारमा पनि राम्रो लोकल पाइन्छ रे
कस्तो होला ? तिम्ले जस्तै म्याडमले नि गरे ।
कैले काहिँ ठूलै नेता गाउँघरमा झर्दा
बोलाहट भै रात्रीभोज शिखर साँझमा पर्दा
लर्बरेला जिब्रो पनि अबेर होला भरे
कस्तो होला ? तिम्ले जस्तै म्याडमले नि गरे !
आज भोलि मर्निङ् वाकमा फूर्ति गर्छौ अरे
था नपाउने गरि कतै चक्कर चल्या छ रे
सम्धि हुने बेला भयो लाज होला भरे
कस्तो होला ? तिम्ले जस्तै म्याडमले नि गरे ।
तिम्लाई पनि जमानाको रङ्ग चढे जस्तो
भ्रष्टाचार गर्या छौ यार पैशा भयो सस्तो
प्राय जसो एक्लै दुक्लै घुम्न जाने गर्छौ
म्याडमले नि उस्तै गरे अनि फेला पर्छौ ।
छोरा छोरी पर्देशमा छन् एक्लै छौ दम्पति
हुन त हो मोज नगरे के गर्नु सम्पत्ति
पुरुषलाई नै घुम्नु पर्ने बाहिर फेर अति
म्याडमहर्ले त्यसै गरे होलाउ है बिपत्ति ।
झापा