साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्टा

Nepal Telecom ad

मलेसिया थाइल्याण्ड भ्रमण एक्लै जान्छौ अरे height=
बुढेसकालमा तिम्लाई पनि बैंस चढ्या छ रे {{read_more}}
होस गर्नु है साथी फेरि पछुताउला भरे
कस्तो होला ? तिम्ले जस्तै म्याडमले नि गरे ।

रक्सी खान तल्तल् लागे चढ्छौ कन्याम अन्तू
तिम्रा लागि बङ्गुर पनि हुन्छ बन्य जन्तु
भेडेटारमा पनि राम्रो लोकल पाइन्छ रे
कस्तो होला ? तिम्ले जस्तै म्याडमले नि गरे ।

कैले काहिँ ठूलै नेता गाउँघरमा झर्दा
बोलाहट भै रात्रीभोज शिखर साँझमा पर्दा
लर्बरेला जिब्रो पनि अबेर होला भरे
कस्तो होला ? तिम्ले जस्तै म्याडमले नि गरे !

आज भोलि मर्निङ् वाकमा फूर्ति गर्छौ अरे
था नपाउने गरि कतै चक्कर चल्या छ रे
सम्धि हुने बेला भयो लाज होला भरे
कस्तो होला ? तिम्ले जस्तै म्याडमले नि गरे ।

तिम्लाई पनि जमानाको रङ्ग चढे जस्तो
भ्रष्टाचार गर्या छौ यार पैशा भयो सस्तो
प्राय जसो एक्लै दुक्लै घुम्न जाने गर्छौ
म्याडमले नि उस्तै गरे अनि फेला पर्छौ ।

छोरा छोरी पर्देशमा छन् एक्लै छौ दम्पति
हुन त हो मोज नगरे के गर्नु सम्पत्ति
पुरुषलाई नै घुम्नु पर्ने बाहिर फेर अति
म्याडमहर्ले त्यसै गरे होलाउ है बिपत्ति ।
झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x