साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाइड बडी निगम

Nepal Telecom ad

हाम्रो नेपाल वायु सेवा निगमले कहिले न्यारो बडी, कहिले वाइड बडी जहाज भेला गरेर विमानस्थल भर्दै गर्दो रहेछ ।  {{read_more}} न्यारो बडी जहाज खरिद गरे पनि, वाइड बडी  height=खरिद गरे पनि वा भाडामा ल्याए पनि निगमको चर्चाचाहिँ उहिल्यैदेखि वाइड नै हुने गर्छ । एउटै जहाज खरिदको कमिसनले नै वाइड आकारको लाभ हुने भएर होला, सत्ता र शक्तिमा हुनेहरूका आँखा पनि एकदमै वाइड हुने क्या ! यो ‘नेपाल वाइड बडी निगम’ तिर ।

समस्याचाहिँ के भने दशकौँदेखि कत्राकत्रा वाइड बडीवालाहरूको तन, मन र ध्यान लागे पनि कहिल्यै यो संस्थाको आफ्नो बडी हृष्टपुष्ट भएन । दर्जनौँ प्रधानमन्त्री, मन्त्री, सचिव, अध्यक्ष, महाप्रबन्धकहरू र हजारौँ कर्मचारी लागेर जति बल लगाउँदा पनि बरु उनीहरूको शरीर फुलेर वाइड हुने तर वायु सेवाको अवस्था सधैँ न्यारोका न्यारो । एकदमै अररो बडी यसको । कुपोषण लागेको बूढो हात्तीको जस्तो दाम्रो । ‘हेर्दाको डाल ढिँडाको काल’ भनेजस्तो यस ढिँडाका कालले देशलाई भार बोकाउनुबाहेक केही दिएन । नाफा कमाउनु त आकाशकै फल भो । म उकास्छु भनेर कत्राकत्रा वाइड बडीहरू आउँछन्, अन्त्यमा आफू उक्सिन्छन् र निगमलाई बचाउनुस् भन्दै सिंहदरबारतिर फर्केर गुहार माग्न थाल्छन् । साह्रै रहस्यमय बडी यस निगमको ।

कस्तो रहस्यमय भने भर्खरै एउटा वाइड बडी जहाज खुत्रुक्क आयो यसका आँगनमा । आउन त आयो तर यसलाई कसले ल्यायो, कहाँबाट ल्यायो, किन ल्यायो, किनेर ल्यायो कि भाडामा ल्यायो, भाडामा ल्याएको भए कतिमा ल्यायो, किनेर ल्याएको भए कति कमिसन खायो, कति घोटाला लायो, यसको गन्तव्य कहाँ हो, पाइलट को हो, केही अत्तोपत्तो भएन । जहाज ल्याउने मन्त्रालयका मन्त्रीले समेत पत्तो लगाउन नसकेपछि छानबिन गर्न संसदीय समितिहरू नै लागे । पार लागेन । सिंगै राज्य लाग्दा भाडामा ल्याएको वा किनेको के हो भनेरसमेत खुट्याउन मुस्किल हुने गरी वाइड बडी ल्याउन सक्ने वाइड माइन्डेड पदाधिकारीलाई मान्नैपर्छ । बिजुलीका पोलमा त तिनको पो फोटो टाँग्नुपर्ने । 

फराँस नामको तासको एक खेलमा तास नहेरी ‘ब्लाइन्ड’ भनेर खेलिन्छ । यसमा जे पर्लापर्ला भनेर जोखिम मोलिन्छ । गन्तव्य उडान कहाँ हुने हो पत्तै नभई वाइड बडी जहाज झ्याप्पै ल्याउने कुरा पनि फराँसमा ब्लाइन्ड खेलेजस्तै त होइन ? जेहोस्, वाइड माइन्ड भएका आँटी मान्छेले नै यसरी ब्लाइन्ड खेल्न सक्छ । जहाज किनेर ल्याएको भए पनि, भाडामा ल्याएको भए पनि कुनै न दिन गन्तव्य मुलुक फेला पर्ला अनि त फराँस कसो नजितिएला । हाम्रो वाइड बडी थोत्रो हुन्जेल वा त्यो ल्याउन लागेको पैसाको ब्याज तिर्दातिर्दा जहाज नै लिलाम गर्नुपर्ने बेलासम्ममा यो काम कसो नहोला !

एउटै भय के भने, गन्तव्य पाउन्जेलमा निगमले जहाज उडाउला कि जहाजले नै निगम उडाउला ? अहिलेलाई यस्तो अशुभ शंका किन गर्ने ? बरु न्यारो बडी वा वाइड बडी जहाज ल्याउनेहरू र जहाजको पूजापाठको प्रसाद चाख्नेहरू सबैलाई शुभकामना दिऊँ, निगमको बडी न्यारो–न्यारो हुँदै गए पनि तपाईंहरू सबैको बडी वाइड–वाइड हुँदै जाओस् । वाइड शुभकामना !

नेपाल, मंसिर १८, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x