
विश्वास लाग्दैन

जब पढ्छु अखबार विश्वास लाग्दैन
अनि सुन्छु समाचार विश्वास लाग्दैन । {{read_more}}
कलम भन्दा ठूलो यही हो नि आखिर
जब बोक्छु तरवार विश्वास लाग्दैन ।
जितिन्छ युद्द अब जितिन्छ प्यारले
जब भेट्छु सरदार विश्वास लाग्दैन ।
सरकारले पक्कै नि राहत दिनेछ
जब देख्छु खरदार विश्वास लाग्दैन ।
सोच्छु निमुखाले न्याय अब पाउँछन्
जब बन्छ सरकार विश्वास लाग्दैन ।
भन्छन् इमानको दियो बल्नेछ फेरि
देखेर यो संसार जब विश्वास लाग्दैन ।
Subscribe
Login
0 Comments
Oldest