साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात ठोकान

Nepal Telecom ad

१. height=
पारि तर्न सक्नुहुन्छ, पुल माथि छ
हिजोदेखि आजैसम्म कूल माथि छ {{read_more}}
किन खिन्न बन्नुहुन्छ चुपचाप बस्नोस्
अप्ठेरोमा पर्नुहुन्न, हुल माथि छ ।

२.
अघि बढ्ने बाटाभरि जाम लाग्या छ
आकाशमा थोरैलाई घाम लाग्या छ
पृथक् छैन मेरा लागि अतीत अनि आज
वर्षौंदेखि जिन्दगीमा डाम लाग्या छ ।

३.
इमान–जमान जम्मै छाड्नोस् पछि पर्न हुन्न
सत्य–निष्ठा त्याग्नोस् हजुर, त्यसको भर हुन्न
आफैँभित्र रुमल्लिँदै कराइरहनुभा’छ
ढोँगी, स्वार्थ बोक्नेसँग आत्मविश्वास हुन्न ।

४.
थन्क्याउनुहोस् विवेक–न्याय साँच्चै काम छैन
सिङ्गो बाँच्न नखोज्नुहोस् सग्लो नाम छैन
आफैँलाई हत्या गरी हाँस्न खोज्नेसँग
यत्रतत्र रावण छन्, अहँ राम छैन ।

५.
लोकतन्त्र गणतन्त्र नाम भएको छ
नारा मात्र एउटा सुन्दर खाम भएको छ
देखाउन काम लाग्छ जतनसँग राखौँ
ठेकेदारकै इशारामा जाम भएको छ ।

६.
सिकाउँथ्यौ अतीत उही, आज उही छ
उसकै इशारामा नाच्ने जाई–जुही छ
विगत र वर्तमान पृथक् छँदै छैन
सधैँसधैँ उसको छाया मेरो बुई छ ।

७.
परिभाषा काँध बोकी बाँच्न सकिन्न
परायाको गीतमा अहँ नाच्न सकिन्न
घाँटी थिची इच्छालाई, पर्खी बस भन्छौ
टुक्रिएको मन बोकी हाँस्न सकिन्न ।

स्वाभिमानबस्ती, बारा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x