साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपममा गजलको वर्षा

Nepal Telecom ad

काठमाडौं, फागुन १८, ०७५ । अनुपम सिर्जना प्रतिष्ठानको ७९ औँ शृङ्खला राजधानीको कलङ्कीस्थित एडमार्क कलेजको सभाकक्षमा सम्पन्न  height=भयो । {{read_more}} अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न सिर्जना वाचन कार्यक्रमको यस महिनाको शृङ्खला गजल विशेषमा केन्द्रित रहेको थियो ।

वरिष्ठ उपाध्यक्ष नरनाथ लुइँटेलले सङ्क्षिप्त स्वागत मन्तव्य पछि आरम्भ भएको कार्यक्रममा २६ जना स्रष्टाको सिर्जनासहित सहभागिता रहेको थियो । स्रष्टाहरू बेनिबहादुर थापा, बालकृष्ण सुवेदी, निर्मल पराजुली, रुद्र अधिकारी, सानु शर्मा, हरिशरण अर्याल, बद्रीप्रसाद अधिकारी, निर्मला अधिकारी, देवकी ढुङ्गाना, बिनुबाबा घिमिरे, दुर्गा रिमाल, सुधा बास्कोटा, शारदा गौतम, स्वीकृति बराल, उत्तम विचार, भुवन शिवाकोटी, रवीन्द्र आशिस, जीतु खड्का,. र पुरुषोत्तम सिग्देलले आआफ्ना गजल सिर्जना प्रस्तुत गर्नुभएको गियो । 

यसैगरी स्रष्टाहरू बैरागी जेठा, लिलाधर पाण्डे, उदास कार्की, धरणीधर गुरागाइँ, बेटी बज्राचार्य र ठाकुरप्रसाद प्रधानले आआफ्ना कविता गीत र मुक्तक सिर्जना प्रस्तुत गर्नुभएको थियो ।  

नरनाथ लुइँटेलले नेपाली गजल लेखनको पृष्ठभूमीसम्बन्धी सन्दर्भ चर्चा गर्दै विषय विविधता पक्रन सकेकै कारण वर्तमानमा गजल लोकप्रिय बन्न सकेको बताउनु भयो । उहाँले गजलशिल्पी जे.सागरको अतिथि गजल पनि प्रस्तुत गर्नु भएको थियो । 

अनुपमको साहित्यिक अभियानलाई अझ उचाइमा लैजान सबै स्रष्टाहरूको साथ र सहयोग आवश्यक रहेको बताउँदै आगामि शृङ्खला हास्यव्यङ्ग्य सिर्जना विशेष रहने बताउनु भयो । प्रतिष्ठानका महासचिव जितु खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x