टिपनटापनपतिको प्रेम
एकजोडी पति आफ्नो घरमा बसिरहेका छन् । उनीहरूका बीच निकै गहिरो प्रेम रहे देखिन्छ । उनीहरू आपसमा कुराकानी गर्दैछन् ।
पत्नी– म मरेँ भने के तपाइँ अर्को विवाह गर्नुहुन्छ ?
पति– अहँ, गर्दिनँ ।
: किन नगर्ने नि ?
पति : म तिमीलाई धेरै माया गर्छु, त्यसैले क्या ।
: अँ होला, साँच्चै भन्नुस् न क्या (झकझक्याउँदै)
पति : त्यसो भए म अर्को विवाह गर्छु ल ?
: (अलि दुःखी हुँदै) अनि तपाइँ त्योसँग यही घरमा बस्नुहुन्छ ?
पति : यति राम्रो घर छोडेर कहाँ बस्न जाऊँ त प्रिय ?
: अनि तपाइँ त्योसँग हामी सुत्ने पलङमै सुत्नुहुन्छ ?
पति : यस्तो आनन्ददायी पलङ छोडेर कहाँ सुत्न जाने त !
: अनि मेरा यी सबै गहना पनि उसैलाई दिनुहुन्छ ?
पति : ऊसँग आफ्नै गहना भैहाल्छ नि !
: अनि उसलाई मेरो स्कुटर पनि दिनुहुन्छ ?
पति : अँ, यति राम्रो स्कुटर कहाँ फाल्ने त !
: त्यसो भए उसलाइ मेरा सबै कुर्तासुरूवालहरू पनि दिनुहुन्छ होला नि हगि ?
पति : तिम्रा कुर्ता सुरूवाल उसले के लगाउँथी र ! ऊ तिमीभन्दा धेरै पातली छे, उसलाई तिम्रो लुगा ठीक भए पो !
: के रे के रे, पातली छे रे ?
पति : धत्तेरिका ! अ.. अ.. ।
-टिपनटापन
Subscribe
Login
0 Comments
Oldest






































