साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति हेर्नु टुलुटुलु कुरूप यो चित्र

Nepal Telecom ad

पढाएर धेरै वर्ष सोधें आफैंसित
गोरु हुँ कि गुरु हुँ म भन मेरा मित ?

भत्किएको देख्छु सधैं सीमा मर्यादाको
कस्तो आयो चलन हजुर कस्तो आयो रीत ?

तमाशा नै तमाशा छ हरेक मन्दिरमा
सुन्नुपर्छ सधैभरी कर्णकटु गीत

धुन्धुकारी भष्मासुर जता हेरे पनि
पढाउने गुरुहरू कठै भयभीत !

लुतोमाथि कोढ भयो पापी राजनीति
कसोगरी होला भरे समाजको हित ?

कति हेर्नु टुलुटुलु कुरूप यो चित्र
भएको छ मानवता नित्य पराजीत ।

अझै तल अझै तल जाला जस्तो लाग्छ
जति तल गए पनि मरेन है धित ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x