साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोली तिम्रो साँच्चै तितेपाती लाग्छ

Nepal Telecom ad

तिमीलाई सामु देख्दा दिउँसै नि राती लाग्छ
म प्रतिको तिम्रो हेराइ बेसुमार घाती लाग्छ ।

तिम्रो हात समाएर काटेँ आधा जिन्दगी यो
साथ हिँड्नु भन्दा बरु एक्लै हिँड्न जाती लाग्छ ।

मान्छे तिमी फेरियौ कि व्यवहार फेरिएको ?
अमृत झैँ बोली तिम्रो साँच्चै तितेपाती लाग्छ ।

भाग्य मेरो उस्तो हैन बुद्धि उस्तो होला भन्दै
खुशी हुन खोज्छु सधैं आँसुको नै ताँती लाग्छ ।

दुख्ने पाटो बिर्सिएर सम्झाउँदा आफैंलाई
बढ्दै जाँदा दुःख पीडा अजङ्गको हाती लाग्छ ।

झापा, बिर्तामोड
हाल : इजराइल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x