फित्काैली डटकमरोग होइन, रोगी डराउदैछन्
जलिरहेछन् कोही, मेरो प्रगति देखेर
दयालाग्छ मलाई, तिनको मति देखेर ।
आजभोलि रोग होइन, रोगी डराउदैछन्
डाक्टरले भिराएको, थुप्रो ओखति देखेर ।
आफ्नै भाग्य धिक्कार्दै, बसेकीछिन् महिला
निकम्मा यो आफ्नै, जड्याहा पति देखेर ।
कलियुगका नारीले, के अर्थ लगाउँछन्
पतिको अपमानमा, जलेकी सति देखेर ।
महिला पनि कमजोर, छैनन भनेर बुझें
दुर्गा,काली,चन्डी, लक्ष्मी पार्बति देखेर ।
Subscribe
Login
0 Comments
Oldest



































