साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेल हुँदाको मज्जा कति आउँछ

Nepal Telecom ad

पढ्ने बेलाँ न त जाँगर, न त बत्ती आउँछ,
यसो किताब खोल्यो कि ‘हाई’ भएजत्ति आउँछ ।

सिरक तानी झप्प सुत्यो, क्या मजाको निद्रा,
धरोधर्म भोलि पढ्छु, यस्तै मति आउँछ ।

जब बज्छ घन्टी बिहान, पढ्न उठ्नलाई,
भरे पढ्छु, आजबाट बेलुका बत्ती आउँछ ।

एवम् रितले जाँच आउँछ, कनिकुथी गयो,
रिजल्ट हेर्दा राता आलु दुईचार पाथी आउँछ ।

घरमा गयो ठिक्क बाउको गाली खाने बेलाँ,
टिका लाई लड्डु बाँड्न पास’भा साथी आउँछ ।

पास भए नि सधैं कुमार के पो नापिस तैँले ?
फेल हुनेले छिट्टै स्वास्नी, छिट्टै पति पाउँछ ।

चुरोट सल्काई फुक्यो धुँवा, छोड्छु पढाइ भनी,
पासलाई के थाहा, फेल हुँदाको मज्जा कति आउँछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x