साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्काइसौँ शृङ्खलामा अनुपम

Nepal Telecom ad

अनुपम सिर्जना प्रतिष्ठान नेपालको एक्काइसौँ रचना वाचन शृङ्खला फागुन महिनाको १७ गते शनिबार कलङ्कीस्थित एडमार्क कलेज परिसरमा सम्पन्न भयो । वरिष्ठ साहित्यिक पत्रकार एवम् जनमत मासिकका सम्पादक मोहन दुवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष भगवती रोका ‘भूमिका’ले गर्नुभएको थियो । प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा नयाँ पुराना दुई दर्जन सर्जकहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सहकोषाध्यक्ष कवि विनुबाबा घिमिरेले स्वागत मन्तव्य व्यक्त गरी आफ्नो सिर्जना वाचन गरेपछि कार्यक्रमले औपचारिक रूप लिएको थियो । त्यसपछि अन्य स्रष्टाहरूले यस कार्यलाई निरन्तरता दिनुभएको थियो । भाग्यशाली अधिकारी, बैरागी जेठा, विनुबाबा घिमिरे, नरनाथ लुइँटेल, विजयध्वज थापा, भगवती रोका भूमिका, ऋषिराज जंगली, यदुनाथ वसन्तपुरे, घिमिरे मैदेली, हरि खनाल, पूर्णप्रसाद पन्त, जितु खड्का लगायतका स्रष्टाहरूले आफ्ना सिर्जनात्मक प्रस्तुत गर्नुभयो । संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेल र सदस्य कवि भुवनहरि सिग्देलले आफ्नो छन्दोबद्ध कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा बालकवि स्वागता सिग्देलद्वारा आफ्नो गीति सिर्जना प्रस्तुत गरिएको थियो ।
गद्य, पद्य दुवै शैलीले उत्तिकै स्थान पाएको कार्यक्रममा गीत, गजल, मुक्तकजस्ता साहित्यका बहुविध क्षेत्रलाई आत्मसात गरिएको थियो । करिब तीन घण्टासम्म चलेको कार्यक्रममा सहभागी कविहरूले जीवन, प्रेम, समाज, विसङ्गति र विद्रोह चेतना आदि विषयलाई केन्द्रमा राखेर आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि कवि मोहन दुवालले आफ्नो मन्तव्यका क्रममा आफू घामपानी केही नभनी साहित्यिक कार्यक्रममा जहाँ पनि पुगेको सन्दर्भ उल्लेख गर्नु भयो । लेखकले सधैँ आफ्नो स्वाभिमान बचाएर राख्नुपर्छ भन्दै उहाँले ‘लेखक कविहरू जहिल्यै प्रतिपक्षमा बस्नुपर्छ’ भन्नु भयो । मन्तव्यको बिसौनीमा कवि दुवालले आफ्ना दुई वटा गद्य कविता वाचन गर्नुभयो ।
बिहानैदेखि सुरु भएको वर्षादका कारण स्रष्टा–स्रोता सहभागितामा भने केही कमी देखिएको थियो । राजधानीमा हरेक दिनजसो आयोजना हुने गरेका साहित्यिक कार्यक्रम त्यसमा पनि कार्यक्रम जुधेर एक व्यक्ति एकभन्दा बढी कार्यक्रममा पुग्नैपर्ने बाध्यता । सहभागिता जस्तोसुकै भए पनि स्रष्टाहरूको प्रस्तुति अत्यन्त प्रशंसनीय रहेको थियो । कार्यक्रमको सञ्चालनमा हुनुहुन्थ्यो संस्थाका सचिव जितु खड्का ।

–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x