साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुम्सीकाँडे काठमाण्डू

Nepal Telecom ad

देख्नेहरू काठमाण्डूलाई
देख्छन् सुनको पहेंलो मृग
र दर्गुछन् यसको पछिल्तिर
दिलोज्यान दिएर ।
काठमाण्डू
मेरो जमानाको पञ्चबट्टी
जहाँ,
स्वेच्छा र परिबन्द दुवैले
निर्वासित छन्
लाखौंलाख दशरथका आधुनिक छोराछोरी ।
छिचोलिनसक्नु यो मानव जङ्गलमा
राम, सीता, लक्ष्मण
र अरु लाखौं आन्तरिक आप्रवासी
डुब्छन् चुर्लुम्मै दिवास्वप्नमा
अनि ताकेर हिँड्छन्
आँखै तिर्मिराउने
सुनका जाज्वल्यमान मृगजस्ता
छली सपनाका हजारौं प्रतिलिपि ।
तर मैले बुझिसकेँ
काठमाण्डू
स्वर्णिम मृगको आवरणमा
कपटग्रस्त दुम्सी हो
जसले प्रक्षेपण गर्छ
तिखा काँडाहरू
इमान्दार मान्छेका निहत्था जीउमा ।
यो दुम्सीकाँडे काठमाण्डूले
कति मान्छेका सपनालाई
रगतपच्छे घायल बनाएको छ
किन बोल्दैन अङ्कगणित ?

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x