साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफन्त झन घाती हुन्छन्

Nepal Telecom ad

देशको निम्ति कुद्नु परे चितुवा नि ताँती हुन्छन्
छामी हेर्नुस् डाँफेका नि भँगेराझैँ छाती हुन्छन् ।

यो संसारमा कस्लाई होला आँखा चिम्ली विश्वास गर्ने
होसियार है साथीहरू आफन्त झन घाती हुन्छन् ।

त्यो जमाना गयो मायाँ ढुक्कसँग निदाउने
हत्या हिंसा डँकैती र चोरी प्राय राती हुन्छन् ।

रुपै राम्रो हुनेहरू घमण्डका बारुद बोक्छन्
आवरणले कुरुप बरु आमासरी जाती हुन्छन् ।

स्वतन्त्रता जोगाउनलाई शिर चढाउँथे पुर्खाहरू
हेर्नुस् कस्ता लाक्षीहरू तिनका छोरा नाति हुन्छन् ।

शरीर होइन सोचाईले नै अपाङ्ग छन् अधिकांश
छक्क पर्छु देउतै पनि किन पक्षपाती हुन्छन् ।

आफ्नै ठानी कसैलाई नि आन्द्राभुँडी नखोल्नुस् है
जोसुकै होस् विश्वास पात्र भोलि खुराफाती हुन्छन् ।

धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x