साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्लूको गणना

Nepal Telecom ad

(सत्य घटनामा आधारित)

चम्केको छ सिनित्त सुघ्घर गरी कोठा कुना आँगन
टल्केको छ झिलिक्क यो घर अहा कस्तो सफा प्राङ्गण
ढोकाछेउ घडा भरेर जलका पाती सजाईकन
पानीमाथि छ पुष्पगुच्छ झरिलो लोभिन्छ हेर्दै मन ।

यौटा हाकिमको भएछ सरुवा अर्को नयाँ आउने
के गर्दा जस पाइने छ सबको सुर्ता यसैमा हुने
माला हात लिएर बस्तछ कुनै कोही दही अक्षता
कोही चञ्चल चित्त हुन्छ र घुमी लाग्यो यता औ उता ।

आए हाकिम ठिक्क साइत गरी लावाहरू बर्सिए
माला खात लगाइए कुसुमका गुच्छाहरू अर्पिए
लाग्यो लाल टिका ललाटतलमा शोभा भयो सुन्दर
मानौं हाकिम देवता सरि सजे कार्यालयै मन्दिर ।

कुर्सीमाथि विराजमान हुन गो त्यो भव्यको आकृति
जोडे हात सबै सहायकहरू गर्दै नयाँ प्रस्तुति
ल्याए फाइल सामु पेश गरिए सन्दर्भका वर्णन
साराको मुखमा खुशी छ मनमा आनन्दको स्पन्दन ।

यस्तो मङ्गल कार्यको समयमा यौटा अनौठो भयो
कोही दीन दरिद्र पामर त्यहाँ टुप्लुक्क आईदियो
भोटो जर्जर माथिपट्टि हरमा टोपी टुपी देखिने
खाँडीको सुरुवालमा दश धुजा टालाहरू टल्किने ।

गोडा छन्द न बन्दका अति ठुला औंलाहरू बंकिम
पैताला छ फुटेर चर्चर चिरा आँखाहरू रक्तिम
ठेला छन् करमा यिनै कर दुई जोडेर यो कुप्रियो
यो देखेर झसङ्ग हाकिम भयो के हो भनी उफ्रियो ।

झुत्रे भन्दछ देशमा कति जना उल्लू रहेछन् भनी
गन्ने गर्दछु यै लिई सिलसिला आएँ म हेर्नै पनि
मेरो बुद्धि सही छ पागल न ता माग्ने न ता दुष्ट म
आएँ आज यहाँ परी शरणमा इन्साफ माग्दैछु म ।

सोध्यो हाकिमले कुरा त बहुला जस्तै अनौठो गरिस्
सच्चा अर्थ बता न ता अब फँसिस् लौ जेलखाना परिस्
उल्लू खोज्न तँ आउने किन भइस् ताकेर कार्यालय
को उल्लू छ यहाँ ल भन् कि त थुनूँ खोलेर शौचालय ।

झुत्रे धीर गभीर शव्द मुखले बोल्दै गयो हे प्रभो
यो कार्यालय धाउँदैछु म यहाँ उन्नाइसौं वर्ष भो
मुद्दा एक यहाँ छ औ म यसकै तारेखमा आउँछु
यो पाला त छिनिन्छ आश यतिमै बर्सौ भयो धाउँछु ।

मेरै सामु हजूर झैं दश जना आए गए हाकिम
मुद्दा चाहिं जहाँ थियो अझ उहीं उस्तै छ उस्तै छु म
यौटा हाकिमले दयार्द्र मनले छिन्नेछु आज्ञा भयो
मेरै भाग्य खराब हो कि सरुवा आएर गैजानुभो ।

अर्का हाकिमको यहाँ उदय भो बिन्ती चढाएँ रुँदै
त्यो उल्लू किन छिन्दथ्यो म छिनुँला मर्जी भयो मस्किंदै
यो मुद्दै नछिनी उहाँ पनि सरी अर्कैतिरै जानुभो
अर्का हाकिमले उहाँकन उसै उल्लू भनी भन्नुभो ।

एवं रीत चलेर आजतकमा उल्लू पुगे नौ जना
आफ्ना साबिक निम्ति के हजुरको होला मनोधारणा
ती उल्लू यदि हुन् भने अब दशौं उल्लू भए ती पनि
माफी होस् प्रभुको कृपा मकन होस् लाटो लठेब्रो भनी ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x