साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखाँ हानुँ जस्तो

Nepal Telecom ad

अफिस गयो
काम गराउने घेर्ने
भ्याइ नभ्याइ ग¥यो
हाकिमले ढिला सुस्ती भनी हेर्ने
सहायकलाई अह्रायो
जति भने पनि टेर्दै नटेर्ने
टेन्सनले एक प्याक तानु जस्तो
थुइक्क जागीर ! मुखाँ हानुँ जस्तो ।

जति राम्रो गरे पनि
पत्रकारले दिनहुँ छेड्दा
कुरो कुन्थो नबुझिकन
मन्त्रीले बोलाएर केर्दा
हिजो अर्कै आदेश
आज अर्कै आदेश
मन्त्री दिनहुँ निर्णय फेर्दा
टेन्सनले एक प्याक तानुँ जस्तो
थुक्क मन्त्री बज्या ! मुखाँ हानुँ जस्तो ।

घरमा आयो श्रीमतीले नटेर्दा
बाहिर गयो तरुनीले नहेर्दा
फेसबुकमा मस्त तरुनीको फेस
ठ्याक्कै सुर्पणखा जस्ती भेट्दा
टेन्सनले एक प्याक तानुँ जस्तो
थुइक्क खप्पर ! मुखाँ हानुँ जस्तो ।

हाकिमकै आदेशमा
दुई–चार दाम खेर्दा
धान खाने मुसो
चोट भ्यागुतोलाई पर्दा
उस्लाई जोगाउन
आफै बन्नु पर्ने बलिको बोको
जो सोझो उसैको मुखमा घोको
टेन्सनले एक प्याक तानुँ जस्तो
थुइक्क जमाना ! मुखाँ हानुँ जस्तो ।

कुरेको तलव बोकी
बजार भाउ हेर्दा
महङ्गी र मागले
घाँटीसम्म बेर्दा
टेन्सनले दुई चार प्याक तानुँ जस्तो
थुईक्क भाग्य ! मुखाँ हानुँ जस्तो ।

अरु सधै भन्सार अध्यागमन पारिने
आफू त सधै बिनाविभाग मात्र सारिने
खाने खुवाउनेको सधैं चकचकी
इमानदारलाई सधैं थकथकी
चाकरी हो कि जागिरी
जहाँ पनि लिने दिनेकै छ जगजगी
टेन्सनले टन्न प्याक तानुँ जस्तो
थुइक्क सिस्टम !
प्वाक्क मुखाँ हानुँ जस्तो ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x