साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोडसेडिङ

Nepal Telecom ad

लोडसेडिङले आजभोलि
उल्का उल्का ल्या’को छ
मैन बत्ती बाल्दा
खल्ती पनि ख्या’को छ
जाँदा सुटुक्क गए पनि
आउँदा
ठुलै पुरस्कार पा’को जस्तो
केटाकेटी पनि सिट्ठी फुक्दै
होहल्ला नै मच्चाउँछन्
बाउ लाहुरबाट आ’को जस्तो ।

राइस कुकरमा भात बसाल्दा
आधा नपाक्दै झ्याप्प बत्ती जान्छ
भात पाकोस् नपाकोस्
बिजुली मिटरले चैं पैसा तान्छ
फेरि त्यो काँचो भात
प्रेसर कुकरमा कसरी पकाउने
कुकरभन्दा तात्तेकी गृहणीलाई
अब कसले फकाउने ?

आइरन लाउँदा लुगामा
एउटा बाहुलो लाउँदा लाउँदै
अर्को बाहुलो बाँकी
यही लुगा लगाएर
जाने हो कि झाँकी
सुत्नु अघि गा’को बत्ती
उठ्ने बेला आ’को छैन
मर्निङवाकमा जाँदा कुनै दिन
सद्धे लुगा ला’को होइन
ट्राउजर भनेर कति पटक
श्रीमतीको सुरुवाल हाल्याछु
दाह्रीजुँगा काट्दा पनि
आँखीभौ नै फाल्याछु ।

एक दिन
ट्वाइलेट भनेको त
फ्रीजमा पो छिरिएछ
श्रीमतीज्यूको पेटिकोटको इजार
जनै भनी पो भिरिएछ ।
यै लोडसेडिङ्ले गर्दा
नेपालको पहिचान
संसारमै अलग छ
सरकारको परिवार नियोजन योजना
संविधान जस्तै फलप छ ।
दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x