साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऋषिमुनिका सन्तान सिसीमुनि

Nepal Telecom ad

सम्पूर्ण मानवजन्तुहरू ऋषिमुनिका सन्तान हुन् । महिला हुन् या पुरुष यी सबैको पार्टी–अध्यक्ष ऋषिमुनि नै हुन्छन् । यसैको प्रभावले ऋषिमुनिका सन्तानलाई सिसीमुनि हुन थरविशेषले केही फरक पर्दैन । प्रत्येक मानवको मानवाधिकारलाई सुरक्षित राख्न सरकारले होस् वा गैरसरकारले, प्रचुर मात्रामा भरपुर सिसीहरू निरन्तर रूपमा आयात गरिएको पाइन्छ । सिसी उत्पादन गर्ने पाखुरी त्यति पौरखी नभए पनि भोजभतेर, सेमिनार र पार्टीमा पर्सिने विभिन्न स्वादका गङ्गाजलहरू प्रशस्त मात्रामा उत्पादन हुन सकेको अवस्थाबाट विकासको बीजाङ्कुरण हुनथालेको सर्वविदितै छ ।
यस शताब्दीमा भक्ष तथा अभक्ष हरप्रकारका नैवेद्यहरूको उन्नत प्रविधिले गहिरो जरा गाडेको हुनाले प्रत्येक ऋषिमुनिका सन्तानको जरा खनिराख्नु खाँचो नपर्ला दूरदर्शी लेखनाथका यी हरफ पढेपछि–
खानु छ खाली खैरो पानी,
पेट बिगार्ने जानी जानी,
त्यसपछि भोड्का घाँटी तानी,
पिउन सकेमा उड्छ जवानी ।।
यहाँ ऐनाजत्तिकै छर्लङ्ग कुरा के छ भने प्रत्येक ऋषिमुनिका सन्तान सिसीमुनि थिचिएका छन् तर यकिन तथ्याङ्क छैन । कतिले घिचेका छन् र कति घिचिएका छन् ।
हामी सर्वाहारीले ऋषिमुनिका सन्तानमा दरिन अप्ठ्यारो लागे पनि सिसीमुनि रात बिताउन कुनै सङ्कोच मान्नु पर्दैन । निर्विरोध यो विशिष्ट कोटिको प्रशोधित झोल हो । यसको भोग गरेर न त शक्ति नै घट्छ, न त रोग नै लाग्छ । बरु झन् एकको ठाउँमा दुई देख्न सक्छौ र एक जग्गामा टेक्छुभन्दा अर्को ठाउँमा टेक्न पुग्छौं । त्यस्तै एउटा समाउँछुभन्दा अर्को हात लाउन सक्छौं । एउटा भजन बक्छु भन्दा अर्को कीर्तन बक्न सक्छौं । एउटा राग अलाप्छुभन्दा अर्को राग फलाक्न सक्छौं । वाक्शक्ति भए भुक्न सक्छौं र गोली भए ठोक्न पनि सक्छौं । पिउन र जिउन छुट छ, त्यसैले यसलाई जति पनि धोक्न सक्छौं ।
सूर्य उदाएपश्चात् मदिराविरोधी राग अलाप्ने बाहुनहरू ताराको झुल्कोपश्चात् डाउन हुन पुग्छन् । खेदको कुरा, भन्छन् यिनै हुन् ऋषिमुनिका सन्तान । कसैले विरोध गरेझैं गर्छन् त कसैले समर्थन गर्छन् । यस्ता दिन कति आउँछन् कति टर्छन्, जति खान्छन् त्यति नालीमा झर्छन् । जालीमा पर्छन् ।
अलि अलि हो र, सिसीको सोमरसले ओठमुख कलेटी परुन्जेल, कलेजो फाटुन्जेल, रगत सुकुन्जेल, मुटु फुटुन्जेल, स्वयं मरुन्जेल या झ्यालखानामा परुन्जेल आफ्नो शरीरलाई सिञ्चित गर्न किञ्चित् पनि अप्ठ्यारो नमानी सदा डुबिरहन चिन्तित हुन्छन् । घरमा अर्धाङ्गिनी, बालबच्चा दाना तथा कच्चा पदार्थ देख्न नपाएर रुन्छन्, अन्ततः सज्जन यसैलाई गजल मानेर सुन्छन्, फलतः जोरीपारीको अगाडि लाजले मुख थुन्छन् ।
जन्म दिएका सन्ततिको उन्नति–प्रगति चाहने ऋषिमुनिका सन्तानले भूमिभरि भूर्णैभूर्ण र अचूक चूर्णैचूर्णले छ्याप्छ्याप्ती पारिदिन पनि सक्छन् । राष्ट्र र समाजको विकासखातिर यिनको सदा टाउको दुखिराखेको हुन्छ, कतिको अन्तरात्मै रोएको हुन्छ त कतिको आँखामात्र रोएको हुन्छ । यहाँ दिलै रोए शकुन र आँखामात्र रोए अपशकुन मान्ने परम्परा छ ।
नेताको अग्रणी भूमिका निर्वाह गर्ने नायकहरू पायक परोस् या नपरोस्, स्वीकार्य होस् या धिक्कार्य, उद्घाटन र समुद्घाटन गर्न निकै लालायित हुन्छन् । यिनै नायकको रक्षार्थ सरकारले थुप्रै–थुप्रै पहरेदारहरूलाई खबरदार गर्न खडा गरेको छ । निष्पक्षतालाई मध्यनजर राखी निजी स्वार्थको तराजुमा तौल“दा क्याल्सियम नपुगेर कोही होचा होलान् त कोही बडा, कोही नीचा होलान् त कोही उँचा, कोही सीधा होलान् त कोही छुच्चा, कोही साधु होलान् त कोही लुच्चा, कोही साँचा होलान् त कोही झूटा । कोही इमानदार त कोही घुसघोरी र बलात्कारीमा विद्यावारिधि गर्ने मुडमा साँझ–बिहान दिनरात नभनी बडो व्यस्तताको प्रहर व्यतीत गरिराखेका होलान् । यस्ता सच्चा सरकारी तथा गैरसरकारी सर्वोत्कृष्ट पदकविजेता तथा मानपदवीले विभूषित नेता गिनिज बुकमा आफ्नो नाम अड्काउने र इतिहासमा इमानजमान धड्काउने धुनमा ऋषिमुनिका सन्तानले व्यापक दिलोज्यान दिएको पाइन्छ । यसको सही मूल्याङ्कन स्वर्गबाट मात्र हुने कुरामा कसैको दुईमत नहोला ।
सिसीलाई सिरानी लगाएर सिसीकै सिरक बनाएर मगमग गनाएर आफ्नो परागको पर्दाफास गर्दै विकासको बाढी लगाउने, स्वदेशी महिलाहरूलाई नाकापारि निर्यात गरेर नारी हकहितको पाइलापाइला पैलाउने ऋषिमुनिका सन्तानले आफ्नो अनुराग किन नफैलाउने ? हामी सोझासीधा सदा किन ओइलाउने ? अझ नचेतेर हामी कहिले हो मौलाउने ?
सर्वव्यापक कथन बुद्धि र विवेकको खानी यो मुलुक पानीपानीले भरिएको छ । त्यसैले सोझा निमुखा सबैले भोक लागे पनि पानी पिउँ, तिर्खा लागे गङ्गाजल पिऊँ । मागेर खान हाम्रो इज्जतले दि“दैन । मीठोमसिनु खाएर यतिका वर्ष पार गरि“दैछ भने अब सङ्कटको सागरबाट पार पाउन विदेशी दातृ एवं भातृ संस्थालाई बारम्बार तार गरि“दैछ । परिबन्दको कुुरा हो कोही बाँचिदैछ त कोही मरिदैछ । कुनै गुणी राष्ट्रले थपिदिंदै छन् त कुनैले झिकिदि“दैछन् । ऋषिमुनिका खलकलार्ई अर्काको मुलुकमा गएर नोकरी गर्नु मर्नुझैं लाग्छ । जेजस्तो भए पनि आफ्नै मुलुकमा बसौं, मरेर गएपछि सम्पत्ति साथमा जाँदैन, जाने भनेको बुद्धि हो, त्यो हामी नेपालीमा छ“दैछैन । अक्क न बक्क सबैलाई ढुक्क । चित्त बुझाउने र मन भुलाउने अन्य नाकाहरू सबै बन्द छन् । के गर्ने “यावत् जीवेत् सुखम् जीवेत्, ऋणंकृत्वा घृतम् पिवेत् ।” त्यसैले त पराईले हामीलाई बहादुर वीर भन्दछन् ।
जसले जे भने पनि हामी शुद्ध ऋषिमुनिका सन्तान हौं भने हाम्रो पुर्खा विशुद्ध बाँदर हुन् । नपत्याए एकाध जिउँदा पुर्खाको अवयवमा खोज्न सक्नुहुनेछ, जसमा पलाउँदै गरेको पुच्छरको ठोसो फेला पर्न सक्छ । ठोसो नभेट्टाए घोचो खानुका अतिरिक्त स्वर्गलोक जान पनि सकिन्छ । बाँदरको पुच्छरको आकारप्रकार आ–आफ्नै प्रकारको हुन्छ । कुनै बाँदरको पुच्छर लामो सुलुत्त परेको धरहराजस्तो हुन्छ त कुनैको नेपालमा भित्रिएका पन्जाबीको फेटाझैं शिरमा गएर गु“डुल्किएको हुन्छ । आखिर बाँदरको पुच्छर न प¥यो, न त यसको कामै छ, न बेच्दा दामै छ । पुच्छर जे जस्तो भएपनि सेतो, कालो, खैरो, यी बाँदरका रङहरू हुन् । कुनै मान्छेको रङ तथा इन्द्रिय अर्थात् दाँत, मुख, आँखा,, कान, नाक, आनीबानी, चालचलन आदि बाँदरसँग मिल्यो भन्दैमा झट्ट नितलाई बाँदर भनिहाल्नु हुँदैन । किनकि मानवको जूनीमा बाँदरावतार धारण गरेर छदमभेषमा यही देशमा छड्के शयर गरेको पनि हुनसक्छ । त्यसैले सबै बाँदरहरू आ–आफ्ना ठाउँमा तटस्थ हुन्छन् । कोही हाँस्छन्, कोही रुन्छन्, कोही भन्छन्, कोही सुन्छन् । स्वदेशी हुन् या विदेशी यथार्थमा बाँदर यस्तै हुन्छन् । यसै बाँदरबाट ऋषिमुनिका सन्तान भएका हौं भनु“ भने बाँदर सिसीमुनि कहिल्यै जाँदैन । फेरि आजपर्यन्त पशुपतिका बाँदरहरू ज्येष्ठताक्रमको आधारमा शरम नमानी मानवचोलामा प्रवेश नगरेर वाग्मती फोहोर गङ्गामा मनचङ्गा गरिराखेका छन् । भीर, पहरा, पाखाबाट ‘आजदेखि म मान्छे भएँ’ भनेर कुनै एउटा पार्टीको झन्डा बोकेर, टाइसुट धड्काएर, टपबुट पड्काएर कुनै बाँदर शहरबजारतिर या गाउँबेसीतिर शयर गर्न किन निस्किदै“नन् ? यसको एउटै कारण छ, ऋषिमुनिका सन्तानले ऋषिको उछितो खनेका छन् । बाठो बाँदर यस जञ्जालमा मुछिन चाहँदैन । बाँदरबाट मानव–ऋषि पैदा भएका हुन् भन्दा बाँदरको व्यापक बेइज्जती हुने हुनाले चाहे कुनै पनि रङका या सिद्धान्तका बाँदरहरू हुन्, मानवचोलामा प्रवेश गर्न हिच्किचाएका छन् । इज्जतिला प्राणीको थर बाँदर भएर के भो र मानवको जस्तो सडक र सदन तताउने अनि जनता सताउने काम यिनबाट भएको छैन क्यारे ।
ऋषिमुनिका सन्तान सिसीमुनि हुन भुतुक्क भए पनि बाँदर विद्वान्लाई यसको कुनै चासो पर्दैन । मानव–दानवले पृथ्वीलाई सताउँदा–सताउँदै फेरि कुन मुडमा हो चन्द्रमातिर हानिएको छ । बुझ्नु पर्ने कुरा पृथ्वीमा गर्भपतनलाई छुट दिए पनि चन्द्रमामा वीर्यपतनलाई छुट नदिए बाँदर वा मानवको निकै नियन्त्रण हुने थियो कि ? जाँगरले भरपुर मानवलाई यसको कुनै चिन्तै पर्दैन । नून, भुटुन, तेल, बेसार, जीरा, धनियाँ, ज्यानु, सानुभन्दा सानु कुरा त विदेशबाटै झिकाइन्छ भने ठूलो कुराको हामीलाई के चिन्ता । चिन्ता त भरतराज पन्तलाई पर्यो र उनले लेखे– मतलबै कसलाई अभावको, मतलबै कति पाउँछु आजको । पाए सम्मन् बोतलै तान्नुपर्छ, ढल्की हिँड्दा देश यो स्वर्ग बन्छ ।
दाद्रियको हैजा फैलिएको यस देशमा पवित्र ऋषिमुनिका सन्तानले सिसीको रयल–पयल खाँदै सयल ताप्दै कार्यालयमा गयल भए पनि पुस्तौं पुस्ताको पाप काट्दै काल पर्खन पाउने विधेयक सरकारबाट पारित भए सुख र सन्तोषले हाम्रो ह्रस्व आयु दीर्घ हुने थियो कि ? अन्यथा मोतीराम भट्टको यस गजलले गला भिजाउँदै काल पर्खनुपर्ने अर्को वैकल्पिक उपाय हुनेछ–
न तेरा छन् न मेरा छन् तुमारा छन् हामारा छन् ।
जता हेर्यो उतै मेरा नजर्मा सब् कमारा छन् ।।
फुलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x