साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कम्पाउण्ड वाल

Nepal Telecom ad

रमेश मेधावी विद्यार्थी । विद्यार्थी कालमा उसले कहिल्यै असफलताको फल चाख्नु परेन । स्नातकोत्तरसम्मका कक्षाहरूमा सधैं उसले समान प्रशंसँग पाइरह्यो । प्रमाण पत्रका खातहरूमा सधैं प्रमाण पत्र थपिइरहँदा उसमा उत्साहको आलिशान बङ्गला पनि ठडिइरह्यो । अन्ततः पढाइ सकिएपछि उसले सरकारी जागिर पायो । छलकपट जानेन । देश लुट्न मनले मानेन । घरपरिवारले ओत लाग्न छत मागे । बल्लतल्ल उसले काठमाडौंमा तिन आनामा बनेको एउटा छत जोड्यो ।
हरिबहादुर रमेशकै सहपाठी साथी । ऊ पढ्नमा सारै कमजोर । एसएलसी सम्मको तह उसले धेरै वर्ष लगाएर पार गर्यो । माथिल्ला कक्षाहरू उसका लागि आकाशको फल आँखा तरी मर भने जस्तै भए । जागिर पाएन । बेरोजगार भयो । नेताको जागिरमा योग्यता नहेरिने भएकाले उसले राजनीतिमा लाग्ने मन गर्यो । बोलक्कड थियो– भाषण ठोक्यो । ताली, ताली र ताली । तालीका गडगडाहटसँगै ऊ चर्चित भयो । उसका उत्साहका सगरमाथा चुलिंदै गए । उसले अलिकति जाल सिक्यो, अलिकति तिकडम जान्यो, अलिकति वीरसिक्का पढ्यो । अन्ततः उसले नेताको जागिर पायो । हरिबहादुरका परिवारले पनि हरिबहादुरसँग आलिशान बङ्गला मागे । हरिबहादुरले रमेशकै घरको आडमा पचास रोपनी जग्गा र आलिशान बङ्गला जोड्यो ।
हाल हरिबहादुर रमेशको घरको गारोसँगै जोडेर आफ्नो जग्गामा घरको कम्पाउण्ड वाल लगाउँदैछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म पनि हिमाल बन्न चाहान्छु

म पनि हिमाल बन्न...

लक्ष्मण अर्याल
स्वतन्त्रता

स्वतन्त्रता

लक्ष्मण अर्याल
पाहुना

पाहुना

लक्ष्मण अर्याल
जीत

जीत

लक्ष्मण अर्याल
0
Would love your thoughts, please comment.x
()
x