बद्रीप्रसाद दाहाल ‘भस्मासुर’चिट पर्व
घुम्दै फिर्दै, नव रङ लिई, चीटको पर्व आयो ।
छाती तिघ्रा तनभरी सबै, चीटकै गर्व छायो ।।
गेस्पेपर्का, रुप विरुप भो, छुट्टिए प्रिस्ठ पृष्ठ ।
चङ्गा बन्दै हररर उडे, नोटकापी बिचित्र ।। १।।
घुम्ने उड्ने अनि हिँडिरने, गाड छन् भाँतिभाँती ।
चोरौनेका लभर फउजै, कुद्धछन् ताँती ताँती ।।
बर्र्दी भिर्दै चिट लिई कुद्यो, गर्छ सध्धै कुरक्षा ।
कोठा कुर्ने फगत घुरदै, जाँचको गर्छ रक्षा ।। २ ।।
नामैका छन्, समिति र उही केन्द्रका केन्द्रपाल ।
फोटोकापी, सबतिर पुग्यो, क्या मजाको कमाल ।।
यस्तै तोर्मे, अधम तरिकाबाट के जन्मीइन्छ ?
यस्तै शिक्षा, यदि दिईरहे, चीट पर्बै खिईन्छ ।। ३ ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































