साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँ फटाहा हुनुहुन्छ

Nepal Telecom ad

उहाँ आजभोलि नित्य सत्यको खोजीमा हुनुहुन्छ
पूजा, पाठ, तीर्थ र ब्रत गर्नुहुन्छ
नामी नामी साधु, सन्त, बाबा र फकिर खोज्नुहुन्छ
प्रवचन सुन्नुहुन्छ, वेद उपनिषद् र पुराण पढ्नुहुन्छ
ज्ञान, विज्ञान, जीवन र जगत्का कुरा गर्नुहुन्छ
उहाँ नित्य सत्यको खोजीमा हुनुहुन्छ ।

फुलेको कपाल दिनहुँ कालोले रङ्गाउनुहुन्छ
हालेको दाँत अरुले सक्कली ठानुन् भन्ने चाहनुहुन्छ
पालेका जुँगा फुल्न थालेदेखि सिनित्त खौरनुहुन्छ
चाउरी छोप्ने किरिम लगाउनुहुन्छ
चस्माले बुढो देखिन्छ कि भनेर लेन्स हाल्नुहुन्छ
हतपती आफ्नो उमेर आफैं भन्न अन्कनाउनु हुन्छ
थोर भन्ला भन्ने आसमा आफ्नू उमेर अरुलाई सोध्नुहुन्छ
अरुले ढाँटी दिनुपर्छ, ‘तपाइँ त ४०÷४५ को देखिनुहुन्छ !’
त्यस्तो फट्याईंमा मक्ख पर्नुहुन्छ
बिगतको मोहमा उहाँ आफू र अरुलाई ढाँट्दै हुनुहुन्छ
उहाँ जीवन र जगत्को नित्य सत्यको खोजीमा हुनुहुन्छ ।

उहाँ आफ्नै शरीरको सत्यदेखि बिगतमा भाग्नुहुन्छ
मनको असत्यलाई कुरा र कामका आडम्बरले ढाक्नुहुन्छ
हमेशा बटुल्नकै दाउमा बसेर त्यागका कुरा गर्नुहुन्छ
‘मरिलानु के छ र’ भन्दै ‘गरिछाड्नु’ प्रति आँखा चिम्लनुहुन्छ
आफैंलाई र अरुलाई ढाँट्दै, बुढ्यौलीको सत्यलाई नकार्नुहुन्छ
उहाँ जीवन र जगत्को नित्य सत्यको खोजीमा हुनुहुन्छ
उहाँ एक नम्बरको फटाहा हुनुहुन्छ ।

बत्तिसपुत्तली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x