
लाज छोप्नलाई

नआउनु पर्थ्याे तर ऊ कुसमयमा आयो ।
आफ्नै हो आफ्नै भए पनि आँखामा बिझायो ।
अभावमा यस्तो पनि गर्छन् बाहरूले बुझ्न जरुरी छ
आमाको लास छोपे अनि छोरो विदेश पठायो ।
सुधार गृहमा भेटियो र उसको नाम सोधियो
जवाफमा थर नेपाल नाम बुद्ध बतायो ।
नाङ्गो ज्यानले राष्ट्रियता के जाग्थ्यो र खै ?
उसले लाज छोप्नलाई झण्डाको कट्टु लगायो ।
हेटौडा