
तीन ठोक्तक
मान्छेले छिनछिनमा रङ्ग फेरेको देखेर बिचरा त्यो छेपारो समेत दङ्ग परेको छ ।

१.
दोस्ती अनि दुश्मनी एउटै सङ्ग गरेको छ
एउटै चेहरामा पनि अनेकौं रङ्ग भरेको छ
मान्छेले छिनछिनमा रङ्ग फेरेको देखेर
बिचरा त्यो छेपारो समेत दङ्ग परेको छ ।
२.
भोट हाल्न बाहेक अरु केही पाइएन हामी बालिगहरूले
माटोदेखि पानीसम्म बेचेर खाए देशका मालिकहरुले
आँसु, रगत र मृत्युमाथि मजाक गर्नेहरू हो होशियार
गालामा थप्पड मार्नेछन् अब शहीदका सालिकहरूले ।
३.
गाली अथवा निन्दाले अलिकति छुनु पनि पर्यो नि
अनुहारको कालो साबुन पानीले धुनु पनि पर्यो नि
तपाईंले भन्नुहुन्छ यिनीहरू साह्रै बदनाम भए भनेर
बदनाम हुनलाई त पहिला नाम हुनु पनि पर्यो नि ।
अमेरिका