सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समय

रेमिटेन्सले चेलेको छ मुलुक महासय ! देशको ठेक्का लिने हेर महा-दलाल छ ।

Nepal Telecom ad

गर्मी छ र त पसिनै पसिनाको छाल छ
पङ्खा नबाँड बाँड्ने नै गर्मीको दलाल छ ।

सिद्धान्त विहीन सिद्धान्त बिकेको यो घडी
पानी निभाउन देशमा आगो हालाहाल छ ।

बुद्ध कुल्फि भएको छ अचेल बजारमा
भर्खरै उडेको बाफलाई पुरै अबगाल छ ।

हार्नेमा देश भएको छ किन खुशी हुनु यहाँ
कि माण्ठाहरू झण्डा र डण्डाको उही ताल छ ।

घात अन्तर्घातको कुरा नगर न यार
कि समयले गोर्खेलौरी बोकेको चाल छ ।

रेमिटेन्सले चेलेको छ मुलुक महासय !
देशको ठेक्का लिने हेर महा-दलाल छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण
पालेछ नि

पालेछ नि

डिल्लीप्रसाद अधिकारी