साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाउ हान्दाहान्दै सकिन्छ

समाज भन्छ कुलधर्मको इज्जत धान्ने बुहारी भित्र्याउनुपर्छ मेरो जवानी यो समाजको संस्कार जान्दाजान्दै सकिन्छ ।

Nepal Telecom ad

अनिल घिमिरे :

कस्तो जन्म हो यो अरुले भनेको मान्दामान्दै सकिन्छ
बुझ्दैछु जिन्दगी चुरोट जस्तै रहेछ तान्दातान्दै सकिन्छ ।

यो भन्दा ऊ, ऊ भन्दा त्यो, भएकी भन्दा अर्की राम्री लाग्छ
भन्छन् बिहे नभई तिम्रो उमेर पनि छान्दाछान्दै सकिन्छ ।

“म ताक्छु मुडो बन्चरो ताक्छ घुँडो” भनेझै भाको छ यार
एकोहोरो प्रेम पनि पराइलाई आफ्नो ठान्दा ठान्दै सकिन्छ ।

समाज भन्छ कुलधर्मको इज्जत धान्ने बुहारी भित्र्याउनुपर्छ
मेरो जवानी यो समाजको संस्कार जान्दाजान्दै सकिन्छ ।

के घमण्ड गर्छौ ? ए ! फुलमाया आफ्नो रुप अनि बंैशको
तिम्रो जवानी दशथरीले च्याँखे दाउ हान्दाहान्दै सकिन्छ ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x