साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे मनु ! गर चिन्तन

बाआमा घरका खम्बा छुन्छन् ती त्याग टाकुरा सन्तति निम्तिमा गल्दै बने निर्बल पाखुरा ।

Nepal Telecom ad

डा. सीता सुवेदी पन्थी :

ज्ञानले बुद्धिले पाका अनुभवी भई सब
मार्गदर्शनले बन्छन् आदर्शका धरोहर ।

सम्मानले सदा हुन्छन् शिर उच्च समाजका
नगरे वृद्ध सम्मान बन्छन् ती घर लाजका ।

ऊर्जा छन् मनमा नौला वय त्यो वृद्ध देखिने
भोगेर जिन्दगी सारा समृद्धि ज्ञानको हुने ।

बुझेर गर्छ जो नित्य आत्माले जेष्ठ इज्जत
उसैको सोचले उच्च पाउँछन् वर नैतिक ।

बाआमा घरका खम्बा छुन्छन् ती त्याग टाकुरा
सन्तति निम्तिमा गल्दै बने निर्बल पाखुरा ।

सिकायो जसले बोल्न समग्र शब्द माधुरी
नबर्सुन् तिनकै निम्ति हेयका शब्द आसुरी ।

स्रष्टा हुन् देवतातुल्य नबनुन् ती अकिञ्चन
जीवनमार्ग यो बुझ्दै हे मनु ! गर चिन्तन ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ननिको

ननिको

डा. सीता सुवेदी पन्थी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x