साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ननिको

गरेर रचना सजाउन धरा फुलाउन भनी स्वदेश गजरा छ त्याग तर त्यो बिकाम भनियो रहस्य अहिले बुझिन्न ननिका ।

Nepal Telecom ad

डा.सीता सुवेदी पन्थी :

म देख्छु ननिको म सुन्छु ननिको
छ वृद्ध पल यो म गुन्छु ननिको
सुभाव मनको नबुझ्छ जनले
उजाड भव भो न रोक्छ तनले ।

उठेर जगमा सुगन्ध म छरूँ
उजाड मनमा सुवास म भरूँ
भनेर जहिले सुमार्ग खनियो
सहिन्न किन हो भएछ ननिको ।

उडेर मन यो धुवाँसरि भयो
अभाव भरियो सुप्रेम हरियो
स्वयम् छु भ्रममा अचेत बनियो
म सुन्छु अहिले छ नाद ननिको ।

पवित्र म नदी छु उर्वर भनी
बगेर तट त्यो सिँगार म गरी
लगाब सब त्यो उमेरभरको
सुकर्म घरको बनेछ डर यो ।

रहेन गृहको सुनाम, महिमा
छु हेय सबको हटेर गरिमा
समाजबिचमा नखुल्नु भनियो
दबाब मनमा रहन्छ ननिको ।

गरेर रचना सजाउन धरा
फुलाउन भनी स्वदेश गजरा
छ त्याग तर त्यो बिकाम भनियो
रहस्य अहिले बुझिन्न ननिका ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हे मनु ! गर चिन्तन

हे मनु ! गर...

डा. सीता सुवेदी पन्थी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x