डा. सीता सुवेदी पन्थीननिको
गरेर रचना सजाउन धरा फुलाउन भनी स्वदेश गजरा छ त्याग तर त्यो बिकाम भनियो रहस्य अहिले बुझिन्न ननिका ।

डा.सीता सुवेदी पन्थी :
म देख्छु ननिको म सुन्छु ननिको
छ वृद्ध पल यो म गुन्छु ननिको
सुभाव मनको नबुझ्छ जनले
उजाड भव भो न रोक्छ तनले ।
उठेर जगमा सुगन्ध म छरूँ
उजाड मनमा सुवास म भरूँ
भनेर जहिले सुमार्ग खनियो
सहिन्न किन हो भएछ ननिको ।
उडेर मन यो धुवाँसरि भयो
अभाव भरियो सुप्रेम हरियो
स्वयम् छु भ्रममा अचेत बनियो
म सुन्छु अहिले छ नाद ननिको ।
पवित्र म नदी छु उर्वर भनी
बगेर तट त्यो सिँगार म गरी
लगाब सब त्यो उमेरभरको
सुकर्म घरको बनेछ डर यो ।
रहेन गृहको सुनाम, महिमा
छु हेय सबको हटेर गरिमा
समाजबिचमा नखुल्नु भनियो
दबाब मनमा रहन्छ ननिको ।
गरेर रचना सजाउन धरा
फुलाउन भनी स्वदेश गजरा
छ त्याग तर त्यो बिकाम भनियो
रहस्य अहिले बुझिन्न ननिका ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































