साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन

भोलिपल्ट बिहानै रेडियोमा समाचार बज्दै थियो- “हिजो समातेको सुन रातभरि गुणस्तर चेकजाँच गर्दा पित्तल ठहरिएको कुरा अनुसन्धान विभागले जनाएको छ ।”

Nepal Telecom ad

किशन पौडेल :

एका बिहानै रेडियोले समाचारमा फुक्यो-
“विमानस्थलबाट सय किलो सुन समातियो ।”

दिनभरी समाचारपत्रहरू पहेँलपुर भए । सामाजिक सञ्जालहरू सुनका बिस्कुटहरूले भरिए । जनताहरूले जिब्रो टोक्दै कल्पनाको उडान भर्न थाले । जताततै सुनै, सुनले लेपन गरेको सुनको थुप्रोमा उफ्रेको देख्न थाले । कविहरूले भ्रष्टाचारी र तस्करीहरूलाई गाली गर्दै सुनका कथा, कविता लेखे सुनका कविताहरू भाइरल भयो ।

बेलुकी रेडियो नेपालले समाचार वाचन गर्दै भन्यो-
“बिहान भन्सारमा समातेको सुन सय किलो नभएर ६० किलो मात्र भएको कुरा नापतौल विभागले पुष्टि गरेको छ तौल गर्दा तराजुमा गडबडी भएको कुरा जानकारी प्राप्त भएको छ ।”

केहि समाचार पत्रहरूले कटाक्ष हान्दै लेखे भारु ६० किलो होला घोटाला भएको छ छानबिन हुनुपर्छ ।
जनता जनार्दनको गालीले सामाजिक सञ्जाल पुनः रन्कियो । बिहानको बेलुकै चालिस किलो सुन गायब गर्न पाइँदैन भन्दै फेसबुकमा उफ्रिन थाले । भएभरको आक्रोश ओकल्दै थाकेर सुते ।

भोलिपल्ट बिहानै रेडियोमा समाचार बज्दै थियो-
“हिजो समातेको सुन रातभरि गुणस्तर चेकजाँच गर्दा पित्तल ठहरिएको कुरा अनुसन्धान विभागले जनाएको छ ।”

०००
हेटौँडा- ४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x