साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुस दिएको छु

देशपारि कोठीभित्र देश चिच्याउँदा विरोध गर्न नसकेर आफै खिएको छु ।

Nepal Telecom ad

गण्डकी पुत्र :

भकारीको सिरान हाली भोकै जिएको छु
प्यास लाग्दा पानी हैन आँसु पिएको छु ।

प्रजातन्त्र फुली देशै मग्मगायो भन्थे
चोट खाई बोल्ने दुवै ओठ सिएको छु ।

समानता राष्ट्रियता वर्षी माटो भिज्दा
नाङ्गो तालु छोप्न टोपी ऋण लिएको छु ।

देशपारि कोठीभित्र देश चिच्याउँदा
विरोध गर्न नसकेर आफै खिएको छु ।

मेरो पुर्खा नेपालकै सन्तान हुन् तर
नागरिकता लिन मैले घुस दिएको छु ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x