पुरूषाेत्तम सिग्देलयस्तै चल्दै छ यहाँ
चोर चोर भनी लखेट्नेको भीडमा खोज्दै हिँड्छ साख्खै चोर पनि ! सत्यको खोजी गर्दा गर्दै उतै जङ्गलमै सक्किन्छ साधु पनि !

मणिराज भट्टराई :
पोल्ने होइन क्यारे यिनलाई
जतिसुकै सिस्नुपानीले झाँटे पनि !
छुँदै छुन्न गैँडाको छाला ओढ्नेलाई !
जतिसुकै झटारो हाने पनि !
पुज्न तयार गर्छन् फेरि तिनैलाई
जतिसुकै यिनलाई ढाँटे पनि !
जति घोच्यो उति चम्किन्छन्
हाँसी रहन्छन् थेत्तरो बनी !
चोर चोर भनी लखेट्नेको भीडमा
खोज्दै हिँड्छ साख्खै चोर पनि !
सत्यको खोजी गर्दा गर्दै उतै
जङ्गलमै सक्किन्छ साधु पनि !
बोल बोल्न छुट छ खुब तर यहाँ
बोली सुनिँदैन कसैको पनि !
यहाँ एस्तै चल्दैछ चलन चलिरहोस्
पागल दरिन्छ सद्दे मन पनि !
०००
गठ्ठाघर
Subscribe
Login
0 Comments
Oldest






































