साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश – १९)

पीडामा पिल्सिएका मन मगज उठे कर्मको मार्ग खोल्छन् । के गर्ने, के नगर्ने ? सहज पथ चिने जन्मका सार बोल्छन् ॥ फेवा रारा हियाको असल चयन हुन् टिप्न जानूँ सिँगारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अग्ला डाँडा रमाऊन् श्रम मल म दिऊँ बाँड्दछन् सौख्य हार ।
छाती दुख्ने निराशा सब पर डरले भाग्दछन् खुल्छ द्वार ॥
खोजूँ सद्भ्रान्ति बाटो श्रमपथ दगुरूँ कर्मशोभा फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥९१॥

उम्दा छन् खेतबारी कृत पथ म हिँडे मिल्दछन् स्वणर् मोती ।
खोल्नै बाँकी छ मैले नयन सुकृतमा छोपिए दिव्य ज्योति ॥
बाटाघाटा बनाऊँ घर पुल पुर यी हाँस्न सक्छन् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥९२॥

उम्दा छन् लेकबेँसी कृत पथ म हिँडूँ गेह उठ्नेछ माथि ।
छानी सत्कर्म बढ्दा सहज मनुजको गर्वले फुल्छ छाती ॥
खोल्नै पर्ने कला हो सुर लय युगको कृत्य सङ्लो उतारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥९३॥

पीडामा पिल्सिएका मन मगज उठे कर्मको मार्ग खोल्छन् ।
के गर्ने, के नगर्ने ? सहज पथ चिने जन्मका सार बोल्छन् ॥
फेवा रारा हियाको असल चयन हुन् टिप्न जानूँ सिँगारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥९४॥

फुस्रो छारो तुसारो मनबह रिपु हुन् कष्टको खस्छ धारो ।
छेक्ने सत्कर्म रोज्दा उर सबल बनी हुन्न शान्ति उधारो ॥
अग्लो बन्दै धरामा सृकृत पथ हिँडूँ कर्मशाली पुजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥९५॥

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२ इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x