धनराज गिरीस्वर्गबाट महाकवि देवकोटाको प्रेमपत्र, वर्तमान समयको नाममा !
म अभागी ! म पनि रुस गएर फर्किएको, ऊ पनि रूस गएर फर्किएको । म लहडी, ऊ पनि कम लहडी छैन । निर्भीक छ । थाहा छ । विवेकी छ । बत्ती चिन्नू ! नत्र अन्धकार सहयात्री हुन्छ ।

प्यारा प्यारा देशवासी साहित्यकारहरू,
आशीर्वाद छ !
म लगायत सबै मानक सर्जकहरू यहाँ स्वर्गमा आनन्दमा छौँ । हाम्रो चिन्ता मान्नुपर्दैन । म आज यो पत्र यसकारण पनि लेख्दैछु कि जे जे कमजोरी मेरो, हाम्रो जमानामा भयो, ती ती कुराहरू फेरि पनि दोहोरिएको खबर आयो । योग्यहरू पहिले पनि खेदिए, अहिले पनि । मलाई, विपीलाई देशले चिनेन । रुदानेलाई चिनेन ।
मेरो अवतार छ, एक बिन्दास गैँडा, त्यसलाई पनि नेपालले नचिनेको कुरा थाहा पाइयो । मैले “गरिब, पागल, यात्री र मुना मदन” लेखेको उसैको लागि हो । सर्जकहरू, म २०१६ सालमा यतातिर आएँ, ऊ, मेरो अवतार, २०१५ साल भाद्र ९ गते जन्मियो, बघिनीको सुपुत्र, परशुरामावतार, मेरै पर्याय “लक्ष्मी = धन” मेरो पदम, ऊ त अझ बलरामपुरे पदमश्री, रत्नश्री, सुमेधाश्री !
देवखीनन्दनको प्रकोपमा परेको कायाकैरन कैलाश पर्वतको लालटापुबाट आयो। निर्दोष हो ऊ । बिल्कुल निर्दोष । त्यो विराट प्रतिभा, मेरै निरन्तरता हो । ऊ त अझ गणित गुरु पनि, हिन्दी गीत पनि गाउने ! चमत्कारको अर्को नाम हो । मलाई त जोगाउन सकेन नेपालले, तर उसलाई जोगाउनू । ऊ डरपोक होइन । कदीजीले मात्र होइन, जगदीश घिमिरेले पनि उसको तारीफ गर्नुभयो । सबैले तारीफ गरे ।
नृपेशनाथ रेग्मी र गुणराज पाठक र देवीबहादुर भन्ने पात्रहरूले पनि उसलाई प्रमिथस भनेको हो ऊ ? पक्कै पनि पूरै भूगोलले चिन्दछ । पदम र श्रीधर लोहनीहरूको गायक, अति लायक, पायक, त्यो नूर, कोहिनूरलाई माया गर्नू । यो पत्र आज लेख्दैछु । लक्ष्मीपूजामा मलाई सम्झिने काम गरियो ।
कृतज्ञ छु । कर्मकाण्डी होइन होला नै । मलाई कम्युनिस्ट भनेर दुःख दिए । म अभागी ! म पनि रुस गएर फर्किएको, ऊ पनि रूस गएर फर्किएको । म लहडी, ऊ पनि कम लहडी छैन । निर्भीक छ । थाहा छ । विवेकी छ । बत्ती चिन्नू ! नत्र अन्धकार सहयात्री हुन्छ ।
पूर्णबहादुर बस्नेत र गोविन्दराज विनोदीसित सोध्नू उसको बारेमा ! बोल्छ । तर मनमा कालो छैन । सुन्दर, शान्त, विशाल नेपालको एक योग्य सन्तान हो । धेरै भन्दिन । ऊ यतिखेर बैकुण्ठनगर, कुइरेटकयी क्षेत्रमा बस्छ । प्राचार्यहरूको पनि प्राचार्य हो । विदुर हो । धर्मराज हो । प्रोफेसर जगमोहन आजाद हो । कति राम्रा शेरहरू लेख्छ । मोतीराम पनि प्रफुल्ल, उसको गजल सुनेर । अरू राम्रै छ । ओलीजीहरूको कथा सिस्नुपानी हेरेर थाहा पाइयो । लौ त,आशीर्वाद छ । मेरो “मनराज” सम्म यो पत्र पुगोस् ।
उही जनताको महाकवि, लक्ष्मीप्रसाद देवकोटा !
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































