साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि लक्ष्मीप्रसादलाई चिठी

चढ्ने खै कसका बुई सब उही छन् एकनासे दल । खेल्छन् खेल असत्यको मुलुकमा खोज्दै मिठो काफल ॥ थोत्रे बाकसमा मुनामदनका ठेली सबै थन्किए । भन्दैछन् जलवृक्ष पत्थरहरू लक्ष्मी कता अल्पिए ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

भ्रष्टाचार त्यहीँ छ शोषण त्यहीँ निर्धाहरू छन् त्यहीँ ।
थुप्रा आलय हाँस्दछन् मनखुसी झुप्रा रुँदैछन् त्यहीँ ॥
कोही राष्ट्र लुछेर भर्छ ढुकुटी हालेर कालो धन ।
पार्टीका दहमा नुहाउँछ भरे सङ्ल्याउँदै जीवन ॥१॥

बोल्ने साहस गर्छ जो मनुजले आफ्नै खलामा थला ।
पार्नेगर्छ सदा असत्य गणले, यस्तैछ चल्दै कला ॥
जेजस्ता पहिला मुनामदनका देख्यौ बितेका दिन ।
त्यस्तै नै सँगका वियोग बनिदा अत्यास छन् जीवन ॥२॥

मेलामा बलिया अजीणर् खलिया चोर्दै हसुर्छन् सुन।
भोका पेट कतारका बगरमा खोज्दै दगुर्छन् नुन ॥
अत्याचार बुझेर यो विषयमा खोल्दा कसैले मन ॥
पार्छन् च्याप्प गला, सुसर्जक बरा पेलिन्छ तिम्रो किन ? ॥३॥

चढ्ने खै कसका बुई सब उही छन् एकनासे दल ।
खेल्छन् खेल असत्यको मुलुकमा खोज्दै मिठो काफल ॥
थोत्रे बाकसमा मुनामदनका ठेली सबै थन्किए ।
भन्दैछन् जलवृक्ष पत्थरहरू लक्ष्मी कता अल्पिए ॥४॥

बन्दैछन् छलका सिकार जहिल्यै तड्पेर शाकुन्तला ।
छन् दुष्यन्त बला उजाड गमला पार्दै निमोठ्ने गला ॥
फन्दाभित्र सुलोचना कति परे राम्रा उज्याला जति ।
लक्ष्मी हेर पुलुक्क यो भुवनमा चल्दैछ यस्तै, गति ॥५॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x