सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच ठोक्तक

जन्ती जानुस् भोज खानुस् या कक्टेल पार्टी गर्नुस् असली साथीहरू त आखिरमा मलामी हुँदा रहेछन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
दौडधुप छ सधै कहाँ पुगिन्छ पत्तो छैन
जीवनको घडा कहिले चुहिन्छ पत्तो छैन
संघर्ष जारी छ सधैं सधैं बाँच्नका लागि
आशाको त्यान्द्रो कसरी चुँडिन्छ पत्तो छैन ।

२.
भरेर कति दिइयो खाली कति दिइयो
धारेहात के कति र ताली कति दिइयो
सम्मान खोज्नेले यो पनि हिसाब गर्नुस्
सम्मान कति दिइयो गाली कति दिइयो ।

३.
आफ्नो मत बगैँचा अरूको झाडी नसम्झनुस्
आफूलाई विज्ञ र अरूलाई अनाडी नसम्झनुस्
निष्प्रयोजन छ नठान्नुस् प्रकृतिको सिर्जना कुनै
आफू मात्रै महान र अरूलाई कवाडी नसम्झनुस् ।

४.
कसै निमित्त सस्ता र कसैलाई दामी हुँदा रहेछन
कतैका पुजनीय राम पनि कतै हरामी हुँदा रहेछन्
जन्ती जानुस् भोज खानुस् या कक्टेल पार्टी गर्नुस्
असली साथीहरू त आखिरमा मलामी हुँदा रहेछन् ।

५.
नुनमा चिनी बिलाए सरहले बिलाउनु नपरोस्
चिनिउँ आफ्नै नामले अर्कैले चिनाउनु नपरोस्
यत्ति भए पुग्छ जिन्दगी बाँकी तृष्णा छैन केही
कसिङ्गर बनेर नजरमा कसैको बिझाउनु नपरोस् ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
प्रगतिवाद

प्रगतिवाद

रुद्र ज्ञवाली
यो देश रक्षा गर

यो देश रक्षा गर

रुद्र ज्ञवाली
खलपात्र

खलपात्र

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

नारायण नेपाल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
बेलाको बोली- ८१

बेलाको बोली- ८१

डा. ऋषि बस्ताकाेटी