साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

जन्ती जानुस् भोज खानुस् या कक्टेल पार्टी गर्नुस् असली साथीहरू त आखिरमा मलामी हुँदा रहेछन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
दौडधुप छ सधै कहाँ पुगिन्छ पत्तो छैन
जीवनको घडा कहिले चुहिन्छ पत्तो छैन
संघर्ष जारी छ सधैं सधैं बाँच्नका लागि
आशाको त्यान्द्रो कसरी चुँडिन्छ पत्तो छैन ।

२.
भरेर कति दिइयो खाली कति दिइयो
धारेहात के कति र ताली कति दिइयो
सम्मान खोज्नेले यो पनि हिसाब गर्नुस्
सम्मान कति दिइयो गाली कति दिइयो ।

३.
आफ्नो मत बगैँचा अरूको झाडी नसम्झनुस्
आफूलाई विज्ञ र अरूलाई अनाडी नसम्झनुस्
निष्प्रयोजन छ नठान्नुस् प्रकृतिको सिर्जना कुनै
आफू मात्रै महान र अरूलाई कवाडी नसम्झनुस् ।

४.
कसै निमित्त सस्ता र कसैलाई दामी हुँदा रहेछन
कतैका पुजनीय राम पनि कतै हरामी हुँदा रहेछन्
जन्ती जानुस् भोज खानुस् या कक्टेल पार्टी गर्नुस्
असली साथीहरू त आखिरमा मलामी हुँदा रहेछन् ।

५.
नुनमा चिनी बिलाए सरहले बिलाउनु नपरोस्
चिनिउँ आफ्नै नामले अर्कैले चिनाउनु नपरोस्
यत्ति भए पुग्छ जिन्दगी बाँकी तृष्णा छैन केही
कसिङ्गर बनेर नजरमा कसैको बिझाउनु नपरोस् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x