साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तर पत्ता लगाउनुस्

सिन्को नभाँचिकन भाषणमात्र खोक्ने, आराम ऐस सुविधा कति मात्र धोक्ने, लाद्रो फुटोस् जति गिरेर मिलेर खाने, खाँदा करोडमुनि गाँस कसै नखाने ॥

Nepal Telecom ad

दिनेश पाण्डेय :

जोडी छ वर्ण लख एक नमा लगाऊ
कान्दानसाथ त लिएर सँगै थमाऊ
के जीव हो भन भुसुक्क भँडार खाने
खाँदा करोडमुनि गाँस कसै नखाने ॥१

हेर्दैन दीनझुपडीतिर छाक पर्दा
झन्डा लिएर अघि सर्दछ लास पर्दा
ढाँटेर लोक दुनियाँ बिचरेर खाने
खाँदा करोडमुनि गाँस कसै नखाने ॥२

भोका गरीब निमुखाकन ऊ निचोर्ने
दैलो ढुकी मुलुकको ढुकुटी भकुर्ने
भाकेर पुत्र किरियातक लोद खाने
खाँदा करोडमुनि गाँस कसै नखाने ॥३

बेसर्म ग्राम्यपसिना निचरेर लाने
पैसो भनेपछि परत्र मनै नजाने
भेटिन्छ जे जति सबै हसुरेर खाने
खाँदा करोडमुनि गाँस कसै नखाने ॥४

सर्वस्व आत्मपहिचान गरी कटानी
निर्लज्ज नागरिकपत्र गरी सँटानी
खाता बही सब घिचेर प्रमाण खाने
खाँदा करोडमुनि गाँस कसै नखाने ॥५

सिन्को नभाँचिकन भाषणमात्र खोक्ने
आराम ऐस सुविधा कति मात्र धोक्ने
लाद्रो फुटोस् जति गिरेर मिलेर खाने
खाँदा करोडमुनि गाँस कसै नखाने ॥६

लाखौँ करोडन बिज्याइँ गरी छ मक्ख
घेरा पसी पुलिसको छ उही मसक्क
हाँसी मुसुक्क गफ टन्न चुटेर खाने
खाँदा करोडमुनि गाँस कसै नखाने ॥७

मानेँ दुरुस्त व्यवहार सबै रछाने
के हो चरित्र उसको कुनि रामजाने
बेचेर नागरिक देश लुटेर खाने
खाँदा करोडमुनि गाँस कसै नखाने ॥८

०००
०८०/०२/१३
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
बालको दिवस हो पनि भन्न लाज !

बालको दिवस हो पनि...

दिनेश पाण्डेय
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x